शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल

किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल


  • हिमलाल पराजुली
  • साउन १९ २०७६, आइतबार

स्याङजा,१८ साउन – भूमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताएकी छन । वालिङ नगरपालिका स्थित १२ र १४ नम्बर वडामा सामुहिक कागती खेतिको शनिवार सुरुवात गर्दै मन्त्री अर्यालले सरकार अब व्यावसायीक रुपमा खेती गर्ने किसानको खोजिमा रहेको बताउदै सामुहिक रुपमा खेती गर्ने किसानलाई सरकारले सहयोग गर्ने बताइन । आधुनीक युगमा मुलुकलाई अगाडी बढाउनको लागि कृषिमा पनि प्रविधि र यान्त्री करणको आवश्यक्ता भएकोले यो अभियान सुरु गरेको मन्त्री अर्यालको भनाइ थियो ।

सामुहिक खेती प्रणालीको रुपमा वालिङको थुमपोखराबाट सुरु गरिएको यो अभियानलाई देशैभरी विस्तार गरिने पनि मन्त्री अर्यालले बताइन । मन्त्री अर्यालले भनिन ‘सुन्तला सुपर जोन हुने, कफी सुपरजोन हुने कागती सुपरजोन किन नहुने’ अब यो कागती लगाउने अभियानलाई जिल्ला भरिनै सञ्चालन गरेर जिल्लालाई कागती सुपरजोनका रुपमा घोषणा गर्ने छौ ।
कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमी व्यवस्था मन्त्री लेखबहादुर थापाले प्रदेश सरकार समुहिक प्रणलीमा काम गर्ने किसानलाई सहयोग गर्ने निर्णयनै गरेर अगाडी बढेको बताउदै उत्पादनलाई बढवा दिन पनि सामुहिक कृषि प्रणाली आवश्यक रहेको बताए। मन्त्री थापाले यहा सञ्चालित आयोजनाको लागि प्राङगारीक मल, आधुनीक औजारका लगायत करिव २० लाख रुपैया प्रदेश सरकारको तर्फबाट अनुदान उपलब्ध गराएको जानकारी दिदै आवश्यक्ता अनुसार काम गर्ने किसानको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताए। राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी बोर्डले साना किसान सहकारीका माध्यामबाट सामुहिक रुपमा खेती गर्ने किसानलाई सहयोग गर्ने बताए । थुमपोखरा साना किसान कृषि सहकारीका माध्यामबाट काम गर्ने योजनाका साथ सामुहिक कागती खेती अभियानको लागि ४९ लाख रुपैया उपलब्ध गराउने निर्णय भएको बताउदै सो रकम कामका आधारमा उपलब्ध गराउने बताए ।

कागति खेती अभियानको नेतृत्व गरिरहनु भएका भूमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुईटेलले अहिले ६ सय रोपनी जमीनमा १५ हजार कागतीका विरुवा लगाउने र एक वर्ष भित्रमा एक हजार रोपनी जमीनमा ३० हजार कागतीका विरुवा लगाउने जानकारी दिए । पहाडबाट बसाइ सरेर तराइका साथै बजार क्षेत्र र रोजगारिको लागि विदेश जानेको संख्या बढेकोले यो कार्यलाई रोकनको लागि अभियान सञ्चान गरिएको उनले बताए । थुमपोखरा साना किसान कृषि सहकारीका अध्यक्ष मोहन खनालले जग्गाको क्षेत्रफलको आधारमा १ रोपनीको ५ हजारका दरले शेयर राखेर कामको सुरुवात गरिएको र १ सय २० घर परिवार यो सामुहिक कागती खेतीमा सहभागी भएको जानकारी दिए । राष्ट्रिय सहकारी बोर्ड, गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र किसानको गरि करिब एक करोडको लागतमा कामको सुरुवात गरिएको सहकारीका अध्यक्ष खनालले जानकारी दिए । खेत बारीमा लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामुहिक कागति खेती लगाउने अभियानले उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->