शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

कृषकलाई परिचय पत्रका आधारमा अनुदान उपलब्ध गराइने

कृषकलाई परिचय पत्रका आधारमा अनुदान उपलब्ध गराइने


  • हिमलाल पराजुली
  • साउन २४ २०७६, शुक्रबार

स्याङ्जा, २४ साउन-  कृषि क्षेत्रमा विभिन्न किसिमको अभियान चलाउदै आएको गल्याङ नगरपालिकाले कृषकहरुलाई परिचय पत्रका आधारमा अुदान वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानलाई चार तहमा वर्गीकरण गरेर सोही आधारमा अनुदान वितरण गर्ने बताए ।नगर प्रमुख अधिकारीले योजना तर्जुमा गोष्ठीले नगरपालिका भित्रका कृषकलाई चार तहमा वर्गीकरण गर्ने निर्णय गरेको जानकारी दिए । नगरपालिकाले किसानलाई व्यवसायिक, व्यवसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी चार तहमा वर्गीकरण गरेर वर्गीकरणका आधारमा परिचय पत्र वितरण गर्ने भएको छ ।व्यवसायिक कृषकले कम्तिमा ५० वटा दुधालु माउ पशु, ५० वटा बाख्रा, दश रोपनी व्जमीनमा व्यवसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यवसायिक कृषि खेती मध्ये कमतिमा कुनै एक व्यावसाय गर्नु पर्ने छ । यस्तै व्यवसायिक उन्मुख कृषकहरुले २० देखि ४९ वटा दुधालु माउ पशु, २० देखि ५० बाख्रा, तीन रोपनी जमीनमा व्यवसायिक खेती गर्ने अथवा पाँच वटा टनेलमा कृषि खेती मध्य कुनै एक व्यावसाय गर्नु पर्ने छ । साना किसान अन्तर्गत पाँच देखि १९ वटा सम्म दुधालु माउ पशु वा सोही संख्यामा बाख्रा, एक देखि तीन रोपनीसम्म जमीनमा व्यवसायिक खेती गरेको, पाँच वटा टनेलमा कृषि खेती अथवा यी मध्ये कुनै एक काम गरेको हुनु पर्ने छ । भने पाँच वटा सम्म दुधालु माउ पशु, एक रोपनी भन्दा कम जमीनमा खेती गर्ने, एक देखि १५ वटासम्म बाख्रा पालन गर्ने किसानहरुलाई नगरपालिकाले निर्वाहमुखी किसानको सुचिमा राखेको पशुसेवा शाखाका प्रमुख शुसिल अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->