मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा जिप दुर्घटना : एक बालकको मृत्यु, २१ घाइते

स्याङ्जामा जिप दुर्घटना : एक बालकको मृत्यु, २१ घाइते

दुई जना गम्भीर घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको गल्याङ प्रहरी इन्चार्ज एननारायण बगालेले जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७६, बुधबार

स्याङ्जा, १८ भदौ – पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी जिपमा सवार २१ जना घाइते भएका छन्। दुई जना गम्भीर घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको गल्याङ प्रहरी इन्चार्ज एन नारायण बगालेले जानकारी दिए। अन्य घाइतेको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइराखेको छ। पाल्पाको हुगीबाट गल्याङ आइपुगेको जिप त्यही दुर्घटना भएको हो। मृतक बालक अन्दाजी डेढ वर्षको भएको अनुमान प्रहरीको छ। ओरालो बाटोमा जिप दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->