मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सेतो पुतली: शरीरको सम्पर्कमा आउनेवित्तिकै गुम्छ आँखाको ज्योती

सेतो पुतली: शरीरको सम्पर्कमा आउनेवित्तिकै गुम्छ आँखाको ज्योती

यसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७६, शनिबार

कास्की, २१ भदौ – पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए ।
विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ । उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->