स्याङ्जा, ३ असोज – संविधान दिवसको अवसरमा स्याङ्जामा भजन कृतन झाकी र बाजा गाजा सहित संविधान दिवस मनाइएको छ । जिल्लाको विभिन्न गनरपालिका एवं गाउँपालिकामा सर्वसाधार जनताहरु आआफ्नो परमपरा र झाकी सहित सहभागि भएर उत्साहा पुर्वक मनाएका छन् । जिल्लाको मध्य भागमा रहेको वालिङ नगरपालिकाले नगरपालिकाबाट बाजा गाजा सहित निस्किएको ¥यालीले नगरपालिकाको बजार क्षेत्रको परिक्रमा गरेर मनाइएको छ भने जिल्ला सदरमुकाममा पुतलीबजार नगरपालिकाको बजार क्षेत्रमा प्रभात फेरी गरीएको छ । यसै गरि गल्याङ नगरपालिकाले पनि बिभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । जिल्लाका ११ ओटै स्थानीय तहले आआफ्नो पालिका भित्र बिभिन्न कार्यक्रम गरि मनाएका छन् । संविधान दिवसको खुसियालीमा सर्वसाधारणहरुले हातमा विभिन्न किसिमका प्लेकार्डका साथै राष्ट्रिय झण्डाका साथै संविधान दिवस लेखिएका टिसर्ट लगाएर ¥यालीमा संघसंस्थाका साथै सर्वसाधारणहरु सहभागि भएका थिए ।
जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीता सुन्दासले जनताको लामो संघर्ष र बलिदानीले ल्याएको संघीय गणतान्त्रीक नेपालको संविधानलाई सबैले पालना गर्नु पर्ने बताउनु भयो । संविधान समय सापेक्ष आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकोले यसमा सबैले अपनत्व महसुस गर्नु पर्ने बताए । जनताका प्रतिनिधिले पहिलो पटक संविधान निर्माण गर्ने अवसर प्राप्त गर्नु यो आफैमा महत्वपुर्ण भएको उनको भनाई थियो ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा पुतलीबजार नगरपालिकाकी प्रमुख सीमाकुमारी क्षेत्रीले स्थानीय तहलाई संविधानले धेरै अधिकार दिएको बताउदै आफुहरुले प्राप्त अधिकारको जतिसक्दो जनताको हितहुने काममा प्रयोग गर्ने बताए ।
वालिङ नगरपालिकका प्रमुख दिलिपप्रताप खाँणले संविधानको पालना गर्नु सबै नेपाली जनताको दायीत्व भएको बताउदै नयाँ संविधान नेपाली जनतालाई धेरै अधिकार दिएको बताए । नगरप्रमुख खाँणले अधिकारको प्रयोग गर्दा आफ्नो कर्तव्य लाई पनि भुल्न नहुने बताए । संविधान दिवसको अवसमा आयोजित कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल नेपालकम्युनिष्ट पार्टी, नेपाली कांग्रेस लगायतका दलले संविधान दिवस एक खुसीको दिन भएको बताउदै सबै जिल्ला वासिहरुलाई साँझ आआफ्नो घरमा दिपावली गर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा नेपाल प्रहरी, कर्मचारी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।




