शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गाईभैसी पालेर घरमै लाखौं आम्दानी गर्दै बागलुङका नन्दलाल सापकोटा 

गाईभैसी पालेर घरमै लाखौं आम्दानी गर्दै बागलुङका नन्दलाल सापकोटा 


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७६, बुधबार

बागलुङ,८ असोज –  मेहेनत गरेमा बिदेश जानैपर्छ भन्ने छैन । कतिपय युवाहरुले स्वदेशमै मेहेनत गरेर सुन फलाएका छन् । कतिपयले भने बिदेश जाने निहुँमा लाखौं रकम डुबाएका पनि छन् । बिदेश गएकाहरुलेपनि राम्रो कमाई गरेका थोरै मात्र उदाहरण छन् । तर स्वदेशमै मेहेनत गरेकाहरु मध्ये धेरैले सफलता पाएका छन् । त्यस्तै उदाहरण बनेका छन्, बागलुङ नगरपािलका वडा नं. ५ का नन्दलाल सापकोटा ।
सापकोटा अहिले बागलुङ नगरपालिका वडा नं. ४ मा बस्छन् । उनले यहाँ बसेर पशुपालन गरेका छन् । भाडामा लिएको जग्गामा गरिएको पशुपालनले उनलाई सफलताको उचाईमा लगेको छ । ‘मेरा उमेरका धेरै साथी बिदेश पनि गए, मैले बिदेशभन्दा यही केही गरौं भनेर रोजें’ सापकोटाले भने, ‘घरमै बसेर पनि राम्रै गर्न सकिने रहेछ ।’ उनको उमेर समूहका धेरै युवा बिदेश गएपनि बिदेशमा कमाउने सरह कमाएको उनले दाबी समेत गरे । बाबु टिकाराम सापकोटाले देखाएको बाटो भन्दै उनले किसान पेशालाई नै व्यवसायिक बनाएका हुन् । अहिले गाईभैसी पालेर रमाएका उनले बार्षिक १० लाख कमाउन सफल भएका छन् ।
गाईभैसीलाई व्यवसायिक बनाउन मालिकाबाट बागलुङ बजार नजिकै झरेर पाखाथरमा उनले फार्म खोलेका हुन् । ५१ बर्षका सापकोटा र उनकी श्रीमती गीताले २० रोपनी जमिन भाडामा लिएर २ वटा गोठ बनाएका छन् । त्यहाँ १८ वटा जर्सी गाई र १२ वटा मुर्रा भैसी पालिएको छ । झण्डै ४० लाख लगानी भैसकेको यो फर्ममा उनीहरुले सुरुमा भने सामान्य लगान िगरेका थिए । सापकोटालाई बिदेश मोह नभएको पनि होइन । उनले सुरुमा भारतमा गएर ७ बर्षसम्म रोजगारी गरेका थिए । उक्त रोजगारीले खासै उपलब्धी नदेखेपछि फर्केर गाई पालनमा लागेका उनले अहिले दैनिक १ सय लिटरसम्म दूध बेच्छन् ।
शुरुवातमा मालिकामा गाई पालेर दूध बेच्दा बजार टाढा भएपछि उनी सदरमुकाम सरेका थिए । राम्रो दूध उत्पादन भएपछि उनले दूध घरघरै पठाउन थालेका छन् । त्यसका लागि ४ जना युवालाई उनले दैनिक एक हजार रुपैयाँ दिएर रोजगारी पनि दिएका छन् । बितरकलाई मासिक ३० हजार तलब दिएर पनि अन्य खर्च कटाएर बर्षको १० लाख रुपैया“ नाफा कमाउन सकेको सापकोटाले बताए ।
नाफाबाटै सापकोटाले बागलुङ नगरपालिका वडा नं. ३ कै पाखाथरमा घर समेत बनाएका छन् । छोराछोरीलाई उच्च शिक्षा पढाउन सकेको बताए । ‘साथीहरुको साथ लागेर जापान गएको भए यो भन्दा थोरै कमाई हुन्थ्यो, घरमै बसेर राम्रो कमाई भयो’ उनले भने, ‘मेहेनत गर्दा यहा“बाटै मनग्ये कमाई गर्न सकिन्छ भन्ने आ“फै उदाहरण बनेको छु ।’
उनले आफ्नो कमाई, मेहेनत र बिभिन्न सहयोगलाई प्रष्ट पार्न खोज्छन् । उनको मेहेनतकै कारण पशु सेवा अस्पताल तथा बिज्ञ केन्द्रले १० लाख अनुदान दिएको छ । मेहेनत गरेको र उत्कृष्ठ किसानको रुपमा चिनिएपछि ‘युवा लक्षित स्वरोजगार कार्यक्रम’को पशुबिकास अनुदान दिइएको पशुबिकास अधिकृत निलकण्ठ शर्माले बताए । ‘मेहेनत गरेको किसानलाई दिईने सरकारी अनुदान दिने निर्णयपछि नगर्दै उपलब्ध गराइएको छ’ शर्माले भने, ‘उहा“ले रकम सदुपयोग पनि गर्नु भएको छ ।’
किन्नै पर्ने दानाबाहेक घा“स र अन्न भने उनले बारीमै फलाउ“छन् । कतिपय स्थानीय किसानकै उत्पादन खरिद गर्छन् । अनुदान पाएका अधिकांस किसानले सरकारी बोर्ड फालेका छन् । तर सापकोटाले उक्त बोर्ड सबैले देख्ने गरी सुरक्षित राखेका छन् । फर्ममा घुम्न आउने हरेक पाहुनालाई उक्त बोर्ड देखाउने गर्छन् । ‘सरकारले पत्याएर दिएको प्रमाणपत्र लुकाएर हैन, देखाएर काम गर्छु’ उनले भने, ‘अनुदान पाएकै कारण मैले उत्पादन बढाउने अवसर पाएको छु ।’ बर्षभरी कार्यालयबाट प्राविधिक ज्ञान पाएको समेत उनले बताए । स्थानीय तहमा हस्तान्तरण भएपछि प्राविधिक अभाव र अनुदानको अन्य शिर्षक भने रोकिएको उनले बताए ।
उनको गोठमा अहिले डेढ लाख रुपैया“ पर्ने गाई र दुई लाख रुपैया“सम्म पर्ने भैसी समेत छन् । ती भैसीले १० लिटरसम्म दूध दिने गरेका छन् । उनले एउटा रा“गो पनि पालेका छन् । गोठका भैसीबाहेक गाउ“मा समेत रा“गो पु¥र्याइदिने काम गर्छन् उनले । किसानहरुले रा“गो लगाएको एक हजार रुपैया“ दिने गरेकोले त्यसबाट पनि मनग्ये कमाई हुने गरेको छ । बर्षमा १ सय वटा भैसी बाली लगाएर १ लाखसम्म रा“गोले कमाउने गरेको उनले सुनाए ।
सापकोटाका ८३ बर्षका बाबु अझै गाउ“मा बस्छन् । बेलाबेला उनको फर्म हेर्न आइपुग्छन् र काम गरेकोमा खुसी व्यक्त गर्छन् । बाबुले जापान नगएकोमा दिएको धन्यवादले काम गर्ने प्रेरणा बढेको उनको भनाई छ । ‘बुबाले गाउ“मा बस्दा गरेको मेहेनत जस्तै मैले पनि गरेको छु, त्यसैले मन पराउनु भएको छ’ सापकोटाले भने, ‘घरपरिवार, पशुबिकास कार्यालय र आम उपभोक्ताले मन पराएकोले म आर्थिक रुपमा मात्र नभई साथीभाईमा पनि धनी बनेको छु ।’ उनको घरमै आएर दूध लैजाने पनि प्रसस्तै छन् । घरघरमै लगिदिने गरेकोले धेरैले उनको उत्पादन खोजीखोजी खाने गर्छन् ।
फर्ममा सापकोटाले नया“ प्रविधि भित्राएका छन् । आगो फुकेर पानी तताउन नपर्ने गरी सोलार जोडेका छन् । सोलार जोडेपछि एकजना कामदारको खर्च कटौती भएको छ । ड्रममा तातेको पानी र दाना सोझै डुडमा पुग्ने व्यवस्थाले खर्च कम भएको हो । गाई पालेकोले धार्मिक कामका लागि गहु“त, दूध, गोबर समेत बिक्री हुने गरेको छ । गाईदान गर्न खोज्नेले उनको फर्मबाट गाईका बाच्छाबाच्छी किनेर लैजान्छन् । फेरी फिर्ता दिन्छन् । ‘गाई पाल्दा गाबरदेखि पिशाब समेत खेर नजाने रहेछ, यस्तो काम गर्न छाडेर जापान गएको भए मैले दुःख पाउने थिए“’ सापकोटाले भने, ‘मेहेनत गर्नेले नेपालमै गर्नुपर्छ भन्ने कुरा मेरै कामबाट सबैले सिक्नुपर्छ ।’ उनले भेटेका युवालाई बिदेश नजान सल्लाह दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->