मोटोपन एक विस्वोव्यापी समस्या को रूपमा देखा पर्दै गईरहेको छ। एकातिर भोकमरीको समस्या बढ्दो छ भने अर्कातिर खान नजान्नु पनि समस्याका रुपमा रहेको छ । खान नजान्नुको परिणाम हो, मोटोपन बढ्नु । विश्वका झण्डै आधाभन्दा बढी मानिस मोटोपनको शिकार भइरहेका छन् । मोटोपनको मुख्य कारण अस्वस्थकर खानपान नै प्रमुख हो ।
खानपानका साथै हाम्रा केही आनीबानीले पनि मोटोपन बढाउन भूमिका खेलिरहेका हुन्छन् । धेरै कष्ट नगरी हामीले आफ्नो आनीबानीमा परिवर्तन गरेर मोटोपन घटाउन सकिन्छ ।
मोटोपन कसरी बढछ भनेर गरीएको अनुशन्धान को निस्कर्ष यसप्रकार छस्
१। चिन्ता र तनाव
डरलाग्दो परिस्थिति तथा तनावबाट गुज्रिरहेका महिला अन्य महिलाको तुलनामा छिटो मोटाउने गरेको पत्ता लागेको छ । यसमा राम्रो पक्ष के छ भने जब ती महिलाहरुमा तनाव कम हुँदै जान्छ, तब उनीहरुमा मोटोपनको जोखिम पनि कम हुने गरेको पाइयो ।
त्यसो त तनावमा रहने अधिकांश मानिस गुलियो तथा चिल्लोयुक्त खानेकुराप्रति आकषिर्त हुन्छन् । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार यस्ता खानेकुराले मस्तिष्कमा सोझै प्रभाव पार्छन् । शरीरमा गुलियो र चिल्लोको मात्रा बढेपछि बोसो बढ्नु स्वाभाविक हो ।
२। राति काम गर्नु
सामान्यतया मानिसहरु दिनमा खाने र रातमा सुत्ने गर्छन् । दिनमा खानासँगै काम पनि गरिने हुँदा हामीले खाएको खानाले शरीरलाई ऊर्जा प्रदान गर्छ । तर, रातमा काम गर्दा भने शारीरिक प्रणाली हरूल् राम्ररी काम गर्न सक्दैन, जसले गर्दा शरीरको तौल बढ्न जान्छ । अर्को कुरा, रातमा काम गर्ने मानिसहरू दिनमा धेरै सुत्ने भएकोले उनीहरुले खाएको खानाले राम्ररी काम गर्न सक्तैन र शरीर मोटाउँदै जान्छ । यसबाट बच्न रातमा काम नगर्ने मानिसहरुले कम खानु नै उचित हुन्छ ।
३। बढी टीभी हेर्नु
दिनको दुई घण्टाभन्दा बढी लगातारको टीभी हेराइले पनि मानिसमा मोटोपनको जोखिम २३५ बढाउने अध्ययनहरुले जनाएको छ । टीभी खुलै राखेर सुत्ने मानिसमा पनि यसको जोखिम उत्तिकै बढ्ने गर्छ । एक अध्ययन अनुसार, रातको समयमा कृत्रिम प्रकाशको प्रभावले मानिसलाई बढी असर गर्छ, चाहे त्यो सुतेकै अवस्थामा किन नहोस् । यसले हाम्रो शरीरमा भएको मेलाटोनिन नामक हर्मोनको मात्रालाई कम गराउँछ । मेलाटोनिन हर्मोनले हामीलाई मेटाबोलिक डिस्अर्डरबाट जोगाउँछ । यो हर्मोनको अभावले शरीरमा मोटोपन तथा मधुमेहको समस्या उत्पन्न गराउँछ ।
४। कम निदाउनु
कम निद्राले मोटोपन बढाउँछ भन्ने कुरा वैज्ञानिकहरुले समेत प्रमाणित गरिसकेका छन् । यसको अर्थ के हो भने निद्राले हाम्रो शरीरलाई ऊर्जा दिन्छ । तर, जब हामी कम सुत्छांै, त्यतिबेला हामी बढी खाना खान्छौं । यसले शरीरको तौल झन् बढाउने गर्छ । आवश्यकभन्दा धेरै सुत्दा वा कम सुत्दा शरीरको तौल बढ्न जान्छ । त्यसैले सुत्ने अवधि र समय निश्चित हुनु स्वस्थ शरीरका लागि आधारभूत शर्त हो ।
५। वातावरणीय प्रदुषण
वातावरणीय प्रदुषणका कारण पनि मोटोपन बढ्ने गरेको फेला परेको छ । खासगरी खाद्यान्न, बोसोयुक्त माछा, मासु लगायतमा हावापानीमा भएको मिसावटका कारण पनि शरीरमा बोसो जम्ने गर्छ । यस्ता मिसावटयुक्त खानाको माध्यमबाट सीधै हाम्रो शरीरमा प्रवेश गर्छ । त्यस्तै, मासु, माछामा पाइने टक्सिन, खाद्यान्नमा गरिने रसायनको प्रयोगले पनि हाम्रो शरीरलाई असर गर्छ ।
६। ‘लो फ्याट’ नामधारी खानेकुरा
एक अध्ययनले बताए अनुसार हल्का तथा चिल्लोरहित खानेकुरा भनेर प्रचार गरिएका बजारका खाद्यवस्तुमा उल्टै मोटोपन बढाउने तत्व भेटियो । उदाहरणका लागि कम फ्याटयुक्त दूधभन्दा फ्याटयुक्त दुग्ध पदार्थले मोटोपनको जोखिम कम देखियो । धेरै कम्पनीले आफ्नो विज्ञापनमा ‘लो(फ्याट’ उत्पादन भने पनि ती उत्पादनमा अरु खाद्यान्नमा भन्दा बढी क्यालोरी हुने गरेको पनि अध्ययनहरुले जनाएका छन् ।
७। अस्वस्थकर खाना
हामीले दैनिक रुपमा खाने खानामा मिसावट धेरै हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक मानिँदैन । यस्ता खाना परिमाणका हिसाबले धेरै भए पनि तिनमा हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वको कमी हुन्छ । जबकि फास्टफुड लगायत प्याकेटमा पाइने खानामा क्यालोरी तथा चिल्लोपन अधिक मात्रामा हुने भएकोले त्यसले पेटमा बोसो बढाउँछ ।
८। व्यायामको अभाव
कडा प्रशिक्षण र कार्डियो भास्कुलर व्यायामले हामीलाई क्यालोरी कम गर्न मद्दत गर्छ । तर, हामी व्यायाम गर्नमा भन्दा खाना खानमै बढी व्यस्त हुन्छौं । जसले गर्दा शरीरमा क्यालोरी बढ्दै जान्छ । बढी खाना र कम व्यायामका कारण हाम्रो शरीरमा तौल बढ्नुका साथै मोटोपनको जोखिम समेत बढ्दै जान्छ । हामीले जति व्यायाम गर्यौं, यसले शरीरमा भएको क्यालोरी घटाउन मद्दत गर्छ ।
९। परिवारका सदस्यका साथमा भोजन नगर्नु
अध्ययनहरुले के देखाएको छ भने परिवारका सदस्यहरुका साथमा बसेर भोजन गरेमा हामीलाई अतिरिक्त तौल तथा मोटोपनबाट जोगाउँछ । परिवारका साथमा बसेर खाँदा आपसमा भावनात्मक सम्बन्ध कायम हुने अवसर प्रदान हुन्छ, जसले हामीलाई स्वस्थ खाना खान प्रोत्साहन मिल्छ ।
विभिन्न समयमा गरिएका अध्ययनले पनि साताको कम्तीमा तीन पटक परिवारसित बसेर भोजन गर्ने बालबालिकामा स्वस्थ्यकर भोजन गर्ने सम्भावना २४ प्रतिशतसम्म रहने बताएको छ । परिवारको साथमा खाना खाँदा आफ्नै भान्छामा स्वस्थ खाना खाने सम्भावना पनि बढी हुन्छ ।
१०। खानपानको तालमेल नहुनु
खानपानमा तालमेल नमिल्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले तपाइर्ंको शरीरमा क्यालोरी तथा पोषण तत्वको कमी गराई पाचन शक्तिलाई कमजोर बनाउँछ । जसले गर्दा शरीरलाई आवश्यक पर्ने तागतको कमी हुन्छ ।
निकै भोकाएको अवस्थामा हामीले शरीरलाई चाहिनेभन्दा बढी खाना खान्छौं । त्यस्तो बेला के खाने र के नखाने भन्ने कुरा सोच्न कठिन हुन्छ । लामो समय भोकै बसेर खाना खानु मोटोपन निम्त्याउनु हो । त्यसैले हामीले खानपानको समयमा विशेष ध्यान दिनुपर्छ । संधै एउटा तालिकाअनुसार खाना खाने बनि गर्नुपर्छ ।
११। अतियधिक नुन सेवन गर्नु
नुनलाई ‘साइलेन्ट किलर’ मान्छन्, जसले शरीरमा बिस्तारै–बिस्तारै असर गरिरहेको हुन्छ । ध्ज्इ ९विश्व स्वास्थ्य संगठन०ले गरेको एक अध्ययनअनुसार एक वयस्क व्यक्तिले दिनमा पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्नु स्वास्थ्यलाई राम्रो मानिदैन । डब्लुएचओलगायत स्वास्थ्य संस्थाहरूको अध्ययनले आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा पार्ने विभिन्न असरबारे केही जानकरी स्
आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा सोडियमको मात्रा बढाउँछ । सोडियमको अधिक मात्राले हाई ब्लडप्रेसरको खतरा निम्त्याउँछ ।
शरीरमा नुनको मात्रा बढी भयो भने आइरनको मात्रा कम हुन्छ । आइरन कम भएपछि शरीरमा बोसोको मात्रा बढ्छ । जसले गर्दा शरीरमा अनावश्यक मोटोपना बढ्नुका साथै विभिन्न अन्य रोग पनि देखा पर्न सक्छन् ।
नुनले हड्डीमा क्याल्सियमको मात्रा कम गराइदिन्छ । क्याल्सियमको कमी हुँदा हाम्रो हड्डी कमजोर हुन्छ । जसले गर्दा अस्टियोपोरोसिस ९हड्डी कमजोर हुने, फुल्ने र टुक्रिने० को खतरा रहन्छ ।
शरीरमा नुनको मात्रा धेरै हुँदा दिमागमा पनि असर गर्छ । यसले तनाव उत्पन्न गराउनुका साथै दिमागी समस्या निम्त्याउन सक्छ । खानामा नुनको मात्रा धेरै राख्दा मुटुमा पनि असर गर्छ । यसले विभिन्न रोग निम्त्याउन सक्छ ।
धेरै नुन सेवनले शरीरको क्याल्सियमलाई गलाउँछ । क्याल्सियम गलाएर मिर्गौलासम्म पु¥याउँछ । यसले मिर्गौलामा स्टोनको समस्या हुन सक्छ ।
नुन मा नियन्त्रण
शरीरमा नुनको मात्रा बढ्न नदिन हामीले दैनिक सेवन गर्ने खानपिनमै विशेष ख्याल गर्नुपर्छ । नुनको मात्रा धेरै हुने खानालाई नियन्त्रण गर्नुपर्छ । फास्टफुड, जंकफुडमा नुन धेरै राखिएको हुन सक्छ । चिजबल, चाउचाउलगायत विभिन्न खालका ससहरूमा पनि नुनको मात्रा अत्याधिक प्रयोग गरिएको हुन्छ । लामो समयसम्म नबिग्रियोस् भन्नका लागि यी परिकारमा धेरै नुन राखिएको हो । चिप्सलगायत प्याक स्न्याक्सहरूमा पनि नुन बढी राखिएको हुन्छ । अचारमा पनि नुनको मात्रा धेरै हुने परिकार हो । त्यसैले नुन र नुन युक्त खाध्यन्न सकेसम्म कम खानु नै बुद्दिमानी देखिन्छ ।





