शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पर्यटन प्रर्वद्धनका लागि आँधिखोलामा ¥याफ्टिङ

पर्यटन प्रर्वद्धनका लागि आँधिखोलामा ¥याफ्टिङ


  • हिमलाल पराजुली
  • असोज १२ २०७६, आइतबार

स्याङ्जा, १२ असोज –  सरकारले सन २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरुले पर्यटन प्रर्वद्धनका लागि आँधिखोलामा पत्रकारहरुलाई ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरुले संस्था मार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । । नेपाल सरकारले पर्यटन वर्षका रुपमा मनाउनको लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडी बढेका छन् ।
। श्रवण कुमार र उनका मातापिता संग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधिखोलामा पत्रकार सहितको टोलीले करिब २५ किलो मिटरको ¥याफ्टिङ यात्रा गरेको हो धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधिखोलामा समेत ¥याफ्टिङको संभावना रहेकाले यसको प्रचारप्रसारका लागि ¥याफ्ङिको आयोजना गरेको वाण्डरफुल वालिङका कार्यबहाक अध्यक्ष आशिषप्रताप खांँणले बताउए ।
¥याफ्टिङ व्यवसायी तथा गाईडर सुभाष थापाले बर्खाको मौसममा अन्य नदिहरुमा पानीको बाहाब बढि हुने भएकाले ¥याफ्टिङ गर्न नपाइने तर आँखिोलामा बर्खाको समयमा पानीको बाहाबको मात्रा उपयुक्त हुने भएकोले बर्खाको ३ महिना साउन देखि असोज सम्म सुरक्षित किसिमले ¥याफ्टिङको मजा लिन सकिन सकिने बताए । पर्यटकीय नगरी पोखरा घुमन आउने पर्यटकहरुले आँधिखोलामा ¥याफ्टिङको मज्जा लिन सक्ने थापा बताउनु हुन्छ । थापा भन्नु हुन्छ, “पोखराको नजिकै रहेको आँधिखोलामा राम्रो संग प्रचारप्रसार गरेको अखण्मा जलयात्राको प्रचुर संभावना रहेको यो ठाउँ पर्यटकको आर्कषण गन्तब्य बन्न सक्छ ।”
भीरकोट नगरपालिका १ हेलु देखी वालिङ नगरपालिका १३ बायेटारी सम्म करिब २५ किलो मिटरको जलयात्रा लाई ब्यवस्थीत गर्न सके आँधिखोलामा ¥याफ्टिङका माध्यामबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटकका माध्यामबाट राम्रो आमदानी लिन सकिने वाण्डरफुल वालिङका सचिव गणेश राउतले बताए । भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले ¥याफ्टिङको आयोजना गरिएको राउतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->