शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

महेन्द्र आलेलाई कुटपिट गरी हत्या गर्ने १० जना पक्राउ

महेन्द्र आलेलाई कुटपिट गरी हत्या गर्ने १० जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७६, बिहिबार

स्याङ्जा,२३ असोज – जिल्ला प्रहरी कार्यालय स्याङजाले एक व्यक्तिको कुटपिट गरी हत्यामा संलग्न १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ  ।असोज २२ गते स्याङजाको हरिनाश गाउँपालिका-५ बलिकोटको आग्रीडाँडाका २९ वर्षीय को महेन्द्र आलेलाई मोटरसाईकल र जिप एक आपसमा ठोक्कीएको विषयलाई लिएर कुटपिट गर्दा आलेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ  ।

पक्राउ पर्नेमा स्याङजा जिल्ला हरिनाश गाँउपालिका- ६ का धरम मानन्धर, विमल मानन्धर, संगम मानन्धर, अमृत मानन्धर, नरेश मानन्धर, मातृका मानन्धर, पाल्पा रामपुर नगरपालिका -५ का भुवन मानन्धर, स्याङजा हरिनाश गाँउपालिका वलिकोटडाँडाका रोशन मानन्धरन ,मनारायण मानन्धर र सुप्रिमा मानन्धर रहेका छन् ।

कूटपिट गरी पश्चात फरार रहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रत्नपुरका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर क्षेत्रीको टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो  ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->