बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : म

कविता : म


  • दुर्गालाल तिवारी
  • कार्तिक ४ २०७६, सोमबार
म त पराल राख्ने टौवामा जन्मेको मान्छे
दिशा र पिसाब माथिनै खेल्दै निदाउदै हुर्केको मान्छे
आमा र बाबाले मकै चपाउदै खुवादै गर्दै बढेको मान्छे
सानै देखि पेटभरी खाना खान लडेको मान्छे ।
आठ आठ वर्षको उमेरमा कपुरी क देखेको मान्छे
कक्षा चारमा बल्ल A लेखेको मान्छे
बिहान एक भारी घाँस काटेर आटो मोही संग खाएर स्कुल टेकेको‍ मान्छे
टालेको कमिज ठुटे जागे र खाली खुट्टाको हिडाई भोगेको मान्छे ।
नास्ताको नाममा भुटेका मकै र भट्टमात्र खाएको मान्छे
चुच्चे ढुङ्गामा घुडा ठोक्दै पैतलामा काडा संग प्रिति लाएको मान्छे
तर तर पनि अध्यनमा अब्बल कहलाएको मान्छे
गुरु भक्ति गुरु श्रध्दा माता पिताको आज्ञाकारी रहेको मान्छे ।
सानै उमेर देखि अन्यायको बिरोध गरेको मान्छे
गाउका फटहा साहु संग लडेको मान्छे
जिम्माल र मुखियाको बेठी तिरेको मान्छे
कोशेली तिरी ऋण मागेर व्यवाहार चलाएको मान्छे ।

त्यसैले त आजको मान्छे र ममा धेरै फरक छ,
मैले गुरुलाई ढोग्छु ,म पाखे बन्छु
म अन्यायको बिरोध गर्छु ,म पाटि बिरोधि बन्छु
म संस्कार र संकृतिका कुरा गर्छु ,म अन्धविश्वासी बन्छु
म धर्मको कुरा गर्छु ,म संविधान बिरोधी बन्छु
म बर्गका कुरा गर्छु,म जाति बिरोधी बन्छु
म भष्ट्रचारको बिरोध गर्छु ,म सरकार बिरोधी बन्छु
म घुसखोर, भष्ट्रचारी, लागुऔषध प्रयोगकर्ता, प्राकृतिक श्रोत दहन गरेको देख्छु
तर तर आज म बोल्न डराउछु
कतै म माथि सांघातिक हमला त हुदैन
किन कि ती सबै नेताका संरक्षणमा छन
म केवल मेरो‍ अतितमा संरक्षित छु
म केवल मेरो अतितमा संरक्षसत छु।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->