स्याङ्जा, ८ कात्तिक – स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान उद्घाटन गरिएको छ । विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त भ्यूटावरको उद्घाटन गरेका हून ।
उद्घाटन गर्दै मन्त्री लम्सालले स्याङ्जा जिल्लामा मात्र नभई गण्डकी प्रदेशमा एउटा पर्यटकीय गन्तव्य थपिएको चर्चा गरे । जिल्ला सदरमुकाम तथा राजमार्गको नजिकैको आकर्षक डाँडामा निर्माण गरिएको उक्त टावरले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन ठुलो मद्दत पुग्ने मन्त्री लम्सालले बताए । गण्डकी प्रदेश सरकारको पर्यटन बर्ष २०१९—२०२२ तथा नेपाल पर्यटन बर्ष २०२० लाई सफल पार्नको लागि यसको महत्वपुर्ण भुमीका रहने उनको भनाई थियो ।
गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेर काम गरिरहेको सन्दर्भमा प्रदेश सरकारले पर्यटकीय पूर्वाधार निर्माणका कार्यलाई धमाधम अगाडि बढाईरहेको मन्त्री लम्सालको बताए ।
मन्त्री लम्सालले अब भ्यू टावर मार्फत टाढा टाढा दृश्य समेत हेर्नका लागि आवश्यक दुरबीनको व्यवस्था मिलाउन स्थानियवासीलाई आग्रह गरे । भ्यूटावर निर्माण सँगै यसको भौतिक संरचना र महिमा जोगाईराख्नको लागि स्थानियवासी निरन्तर संरक्षणमा लाग्नुपर्नेमा समेत जोड दिए । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागे सँगै यहाँको व्यवसाय फस्टाउदै जाने पनि उनको भनाई थियो ।
भ्यूटावर निर्माणको लागि गण्डकी प्रदेश उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय बाट रु.२९ लाख १० हजार, पुतलीबजार नगरपालिका बाट रु. ३० लाख,जि.स.स.बाट ६ लाख ६५ हजार,जिल्ला वन कार्यलय बाट ३ लाख बिनियोजन भएको थियो भने जनसहभागिता १० लाख र स्थानिय मन्दिर संरक्षण समिति मार्फत ७ लाख रकम सहयोग भएको थियो ।
अग्लो डाँडाका नामले समेत चिनिने यस ठाउँ बाईसे चौबिसे राजाहरुको बेसीमा सएल गर्ने दरबार यस डाँडामा पर्ने तथा राजारानीहरुले जाडोको समयमा गुडी खोलामा नुहाएर घामताप्दै आनन्द लिने तथा शुरक्षको लागि चौरसियाहरु यहाँ आएर पहरा दिन्थे भन्ने किमदन्ती छ । आकार्षक टावरमा रातिमा झिलिमिली थरीथरीका बिद्युतिय लाईटहरु र पानीका फोहराहरुले थप अकर्षक बढाएको छ । यहाँ बाट पुतलीबजार देखि सुन्दर नमुना गाउँहरु,सुन्दर डाँडाकाडा,फाटहरु र नालीपरेर बगेको खोला,दर्जनौंटाकुरा र हिमश्रंखला देख्न सकिन्छ ।
जाडोमा घाम ताप्न, पिकनिक जान, घुम्न तथा हाईकिङका लागि उपयुक्त गन्तव्य स्याङजा भ्यूटावर हुने देखिन्छ । गर्मीमा चिसो मौसम हुने भएकोले शितल हावाका लागि समेत उक्त स्थान उपयुक्त गन्तब्य मानिएको छ ।




