शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरी अस्पतालको शिविरमा सात हजारको स्वास्थ्य परीक्षण

धौलागिरी अस्पतालको शिविरमा सात हजारको स्वास्थ्य परीक्षण

शिविरमा नौ हजार ४०० ले नाम टिपाएका थिए। तीमध्ये केहीले अस्पतालको नियमित सेवामा परीक्षण गर्ने गर्ने भएका छन्।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

बागलुङ, ८ कात्तिक – धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन भएको दुई दिने बृहत स्वास्थ्य शिविरमा करिब सात हजार बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्।  ताइवानबाट आएका र नेपालका समेत गरी करिब डेढ सय स्वास्थ्यकर्मीले बुधवार र बिहिवार सेवा दिएका हुन्। अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माका अनुसार शिक्षा, स्वास्थ्य र बालबालिकाको क्षेत्रमा विशेष योगदान गरेको रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल र ३५२३ गणतन्त्र चीन (ताइवान)को सहयोग तथा रोटरी क्लब अफ बाग्लुङ र  धौलागिरी अञ्चल अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको थियो। शिविरमा ताइवानीबाहेक हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेज, धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी समेत परिचालित थिए।
शिविरमा नौ हजार ४०० ले नाम टिपाएका थिए। तीमध्ये केहीले अस्पतालको नियमित सेवामा परीक्षण गर्ने गर्ने भएका छन्। केही समयदेखि अस्पतालमा दैनिक ५०० नियमित बिरामीहरु आउने गरेका छन्।  शिविरले अस्पतालको गरिमा बढाएको समेत अस्पताल व्यवस्थापन समितिको ठहर छ । ‘यसअघिको समस्या देखेर धेरै बिरामी आउन मान्थेनन्, अहिले सुधार भएको सन्देश पनि दिन सकियो’ समितिका अध्यक्ष केबी राना मगरले भने, ‘हामीले गरेको सुधारबाट यो शिविर राख्ने अवस्था पनि सिर्जना भएको थियो।’ शिविरमा दाँत, नाक कान, घाँटी, मुटु, कलेजो, नसा, हाडजोर्नीलगायतका रोगको परीक्षण र उपचार गरिएको हो। शिविरमा ताइवानबाट ल्याएको औषधिहरु वितरण गरिएको थियो।
त्यस्तै, आँखा र दाँतको उपचारमा समेत विशेष चासो राखेका ताइवानीले चश्मा वितरणदेखि गरिएको थियो। मुटुरोगका विशेषज्ञ समेत आएकाले काठमाडौं जानुपर्ने बिरामीले पनि यही सेवा पाएको बता । स्वास्थ्यकर्मीहरुले अस्पतालका लागि उनीहरुले करोड मूल्यका सामग्री तथा उपकरण पनि सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->