शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालिका मन्दिरदेखि गाजासम्म मोटरसाईकल यात्रा सुरु

कालिका मन्दिरदेखि गाजासम्म मोटरसाईकल यात्रा सुरु

नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्य


  • Dhorpatan News
  • कार्तिक ९ २०७६, शनिबार

बागलुङ, ९ कात्तिक – सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङमा मोटरसाईकल यात्रा सुरु भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचार प्रसार गर्ने उदेश्यले बागलुङ कालिका भगवतीको मन्दिरदेखि पर्यटकीय गाजाको दहसम्मको मोटरसाईकल यात्रा शनिवार बिहानदेखि  सुरु गरिएको हो ।
‘पहिला गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला’ भन्ने नाराका साथ पर्यटन विकास केन्द्र बागलुङ, घुमन्ते ‘दि अमेजिन ट्राभ्लरस ’ र सामुदायिक घरबास गाजाको दहको समयोजक्त्वमा मोटरसाईकल यात्रा बागलुङ कालिका भगवतीको मन्दिरदेखि सुरु भएको छ ।


तस्वीर : राजू खडका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->