शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अग्ला पुलमा पर्यटकको चहलपहल

अग्ला पुलमा पर्यटकको चहलपहल

पुलमा दैनिकजसो सयौंको संख्यामा जिल्लाभित्र र बाहिरबाट पर्यटक आउने गर्छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७६, सोमबार
Visitors cross the tallest suspension bridge of Nepal above the Modi river in Parbat district on Wednesday, April 13, 2016. Photo: RSS

बागलुङ,११ कात्तिक –  बलेवास्थित कैयाबाट पर्वतको कुश्मा जोड्ने अग्लो पुलले यहाँ चहलपहल बढाउनुको साथै व्यवसाय पनि बढेको छ । २०४८ सालमा बलेवा एयरपोर्टमा जहाज आउन छाडेपछि चर्चा हराएको बागलुङको नारायणस्थानमा पछिल्लो समय चहलपहल बढेको हो । यहाँ घुम्न आउनेहरुको भीड लाग्न थालेको छ । दैनिक सयौं मानिस कैया घुम्न आइपुग्ने गरेको स्थानीयले बताए ।
बागलुङ पोखरा सडकमार्ग खुलेपछि ओझेल परेको बलेवा अब खुल्ने क्रममा छ । कालीगण्डकी कोरिडोरको छेवैमा परेकोले गाडी चढेर जान सकिने भएको छ भने कुश्मादेखि अग्ला पुल, यान्त्रिक पुल समेतले जोडेपछि चहलपहल बढेको हो । एयरपोर्ट छेवैका बासिन्दाले सस्तोमा जग्गा बिक्री गरेर पर्वतको कुश्मा र पोखरा झरेकाहरु अहिले पछुताउन थालेका छन् । कतिपय फेरी गाउँ फर्कन थालेको बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
बलेवा जोड्ने गरी कुश्मादेखि नेपालकै अग्लो झोलुंगे पुल, बञ्जीजम्पको पुल र यन्त्रिक पुल बनिसकेका छन् । १० मिनेटमै फेरी बलेवा पुग्न सकिने भएपछि चहलपहल शुरु भएको हो । डेढ घण्टाको बाटो १० मिनेटमा छोटिएपछि जमिनको मूल्य पनि आकासिएको छ । शहरमा डेरा लिएर बसेकाहरु घरै फर्कन थालेका छन् । घरबाटै शहरमा जागिर भेट्न सकिने भएपछि तरकारी खेती गरेर आम्दानी पनि बढाउन थालेका हुन् ।
नेपालको दोश्रो अल्गो पुल पर्वत सदरमुकाम कुश्मादेखि ज्ञादी जोड्ने मोदीखोलामा छ । उक्त पुलले पनि एक घण्टाको बाटो छोटो मात्र बनाएको छैन, पर्यटक आर्कषण गर्ने माध्यम बनेको छ । मोदी खोलामाथीको कुश्मा–ज्ञादी झोलुंगे पुल एक सय ४४ मिटर अग्लो र तीनसय ३५ मिटर लामो छ भने कालीगण्डकी नदी माथीको कुश्मा कैया झोलुंगे पुल तीनसय ५१ मिटर लामो र एकसय ५६ मिटर उचाइको छ ।
बागलुङको दगातुमडा“डा र गुल्मीको पौंदी अमराई जोड्ने एकसय २५ मिटर अग्लो र दुई सय ६५ मिटर लामो अर्को झोलुंगे पुल पनि अहिले आर्कषणको केन्द्र भएको छ । असोज महिना मात्र सयौंले अवलोकन गरेको स्थानीय केवश शर्माले बताए । पर्यटक आउने संभावना बढेको भन्दै स्थानीयले त्यसक्षेत्रका धार्मिक र पर्यटकीय स्थानको अध्ययन र संरक्षणको काम थालेका छन् ।
बागलुङकै बडिगाड गाउँपालिकाको खहरेदेखि गुल्मीको पौंदी जोड्ने गरी बनेको अग्लो पुलमा पनि आर्कषण बढेको छ । पुलमा दैनिकजसो सयौंको संख्यामा जिल्लाभित्र र बाहिरबाट पर्यटक आउने गर्छन् । पुलले केही गाउ“ र छिमेकी जिल्लालाई नजिक मात्रै पारेका छैनन्, आन्तरिक पर्यटन प्रवर्धनमा समेत सघाएका छन् । पुल हेर्न, फोटा खिच्न, वनभोजसंगै रमाईलो गर्न र यस क्षेत्रको भौगोलिक धरातलको प्राकृतिक दृश्यमा रमाउन आउने विद्यार्थी, कर्मचारीको भिड बढ्न थालेको छ । झोलुंगे पुल र यन्त्रिक पुलको वारीपारी छेउमा बनभोज स्थलको रुपमा विकास भएको हो । अग्ला पुल लक्षित गरेर आसपासमा करिव तीन दर्जन होटल सञ्चालित भैसकेका छन् ।
यस्ता अग्लो पुलले बिस्तारै गाउ“को महत्व बढाएका छन्भने जग्गाको मूल्य पनि बढ्न थालेको हो । एक रोपनीको १० हजार रुपैया“मा बिक्री गर्न खोज्दा पनि वास्ता नगर्ने भीर छेउमा ३५ हजारदेखि डेढलाख रुपैया“सम्म पर्न थालेको नारायणस्थानका शर्माले बताए । ‘पर्वत, पोखरा र बागलुङ सदरमुकामका व्यापारीहरु अहिले जग्गा खोज्दै आउन थालेका छन्’ शर्माले भने, ‘छिटफुट रुपमा केहीले बिक्री गरेका छन्भने केहीले अझै महत्व बढ्छ भन्दैछन् ।’
भीर छेउको जमिनले यति महत्व पाउला भन्ने लागेको थिएन, पुलले गर्दा हातले नापेर किनबेच हुन थाल्यो । बागलुङ बजारदेखि तित्याङ जोड्ने जिल्लाको अग्लो पुलले पनि भकुण्डे, सिगाना, रायडा“डा लगायतलाई डेढ घण्टाकै बाटो ७ मिनेटको छोटो बनाएको छ । काठेखोला माथीको उक्त पुल हेर्न पनि दैनिक सयौं स्थानीय घुम्न पुग्छन् । बडिगाडमा बनाइएको पुलले बागलुङको ग्वालीचौर र दगातुम्डा“डामा अध्ययन गर्ने विद्यार्थीलाई पनि आउजाउमा सजिलो भएको छ । दुरीकै कारण पढाई छाडेका विद्यार्थीलाई सजिलो भएको त्रिभुवन माविका प्रअ ढालमणी भण्डारीले बताए ।
बागलुङकै बाङेचौरदेखि पर्वतको पाङ जोड्ने गरी एशियाकै लामो झोलुंगेपुल पनि बन्दैछ । यो पुल बनेपछि सदरमुकाममा थप चहलपहल बढ्ने विश्वास गरिएको छ । ५ सय ६७ मीटर लामो र १ सय ६० मीटर अग्लो पुल बनेपछि पाङका मानिस १० मिनेटमा बागलुङ आउन सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->