बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कला र संस्कृति पर्यटनका आधार

कला र संस्कृति पर्यटनका आधार


  • Dhorpatan News
  • कार्तिक १४ २०७६, बिहिबार

नेपालपको कला, धर्म र संस्कृति विश्वमै अनुपम मानिन्छ । नेपालीहरु, प्रकृृतिको पूजा गर्छन्, रंगमा रमाउँछन्,उज्यालोसँगै पर्व मनाउँछन् । सानो देशमा भएको भौगोलिक र जातीय विविधताले पनि हामीलाई अनुपम संस्कृति दिएको छ । जिउँदो देवी कुमारीको पूजा होस् या तराईको होली, हिमालको यार्तुङ होस् वा पहाडको दशैँ सबैमा मौलिकता र आफ्नोपन पाइन्छ । हामी अतिथिलाई स्वागत गर्छौँ, घरमा आएका पाहुनालाई देवता मान्छौँ । पछिल्ला वर्षहरुमा हामीसँग भएको प्राकृतिक सम्पदासँगै मौलिक संस्कृति पनि पर्यटन प्रवद्र्धनका आधार हुन् भन्ने हामीले बुझेका छौँ । त्यही मौलिकतालाई बजारीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने ध्येय पनि हाम्रो रहेको छ ।सरकार पर्यटन भ्रमण वर्ष मनाउने योजनामा छ । गण्डकी प्रदेश सरकारले यो वर्षलाई आन्तरिक पर्यटक प्रवद्र्धन वर्षको रुपमा मनाइरहेको छ । कर्मचारीलाई स्वदेशमै घुम्न जान प्रेरित गरेको छ । आन्तरिक पर्यटन नै दीगो पर्यटनको आधारस्तम्भ समेत हो ।
पर्यटनलाई पछिल्लो समय संस्कृतिसँग जोड्दा सुनमा सुगन्ध जस्तो भएको छ । असारे रोपाई महोत्सव, तिहारमा भाइटीका महोत्सवहुँदै फागु पूर्णिमाका दिन होली महोत्सव मनाउँदै त्यसलाई पपर्यटन प्रवद्र्धनको माध्यम बनाइएको छ । स्वदेशी मात्रै नभई विदेशी पर्यटकको पनि उत्साहजनक सहभागिताले नेपाली मौलिकताको अन्तर्राष्ट्रिय बजारीकरण हुँदै गएको आभाष हुन थालेको छ । त्यसो त पश्चिमेली संस्कृतिले नेपाली मौलिक संस्कृतिलाई ओझेलमा पार्दै गएको अवस्थामा पर्यटन व्यवसायीले पर्वहरुको संस्कृतिलाई जगेर्ना गर्ने अभियान चलाएका छन् । संस्कृतिको जगेर्नाबाटै आफनो अस्थित्व कायम हुने विश्वास छ ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फरक जातजातिको बसोबास छ । आफनै पहिचानसहितको संस्कृति छ । कतिपय ओझेलमा छन् । त्यसको संरक्षण गर्नुपर्ने दायित्व र जिम्मेवारी छ । पूर्वको धान नाचदेखि पश्चिमको देउडा नाच । हिमाली जिल्लाको यार्तुङ । ती सबै नेपाली मौलिकता झल्काउने पर्यटनका आधारशिला हुन् । अतिथि देवो भवः । अतिथिलाई स्वागत र सत्कार गर्ने नेपालीको संस्कार नै हो । पर्यटन आर्थिक विकासको अर्को महत्वपूर्ण पाटो हो । समृद्धिको परिकल्पना गरिरहँदा पर्यटनलाई भुल्न सकिँदैन् । पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै नेपाली मौलिक कला संस्कृतिसँगै प्राकृतिक सम्पदा अगाडि आउँछन् ।
घुम्ने र घुमाउने संस्कृतिको विकास गर्ने प्रचलन विश्वव्यापी बढ्दै गएको छ । यसले पर्यटन बजार उकालिदैं गएको छ । अझ नेपाल सरकारले नेपाल पर्यटन भ्रमण वर्ष २०२० घोषणा गरिसकेको अवस्थामा मौलिक संस्कृति अझ प्रभावकारी हुने अपेक्षा र विश्वास लिइएको छ । पर्यटकीयस्थलको परिचयसँगै पर्यटकीय क्षेत्रको मौलिकतालाई आत्मसात गर्नुपर्छ । गाउँ र ठाँउको मात्रै पहिचान नगरी संस्कृतिको समेत प्रवद्र्धन अपरिहार्य बन्दै गएको परिवेशमा पर्यटन भ्रमण वर्षले नेपाली कला संस्कृतिलाई जर्गेना गर्न महत्वपूर्ण टेवा पुग्ने मनन गर्न सकिन्छ । भ्रमण वर्षको तयारीमा जुटिरहँदा त्यसको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउनु पर्ने खाँचो छ । स्वदेशमा मात्रै पर्यटन प्रवद्र्धनको ढोंग फुकेर पर्यटन प्रर्वद्धनको सम्भावना देखिदैन् । सरकारले त्यसको लागि गम्भीर भएर सोच्न जरुरी छ । प्राकृतिक सुन्दरतासँगै नेपाली कला र संस्कृति पनि पर्यटन प्रवद्र्धनका आधार हुन भन्ने भुल्नु हुदैैन् । यसलाई सधैँ जर्गेना गर्नुपर्छ । कला र संस्कृतिलाई बिकाउ बनाउनेतर्फ ध्यान दिँदै बाह्य पर्यटन भित्र्याउनेतर्फ सरकार सचेत बन्नुपर्छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->