म्याग्दी,१७ कात्तिक – म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतवार (आज) साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए। दुर्घटनामा परि १८ जना घाइते भएका छन् । घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी अस्पतालमा ल्याउने तयारी भैरहेको जनाइएको छ ।
दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको र चार जनाको घटनास्थलमा नै ज्यान गएका दुई जनाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए ।
घाइतेहरुको नामावली
१ मालिका गा.पा. ७ बिमका ६० वर्षिय राजमान दर्जी
२ मालिका ७ विमका हुम बहादुर जुग्जाली
३ मालिका ७ विमका ३८ वर्षिय पलप्रसाद जुग्जाली
४ मालिका ७ विमकी २६ वर्षिय नरदेबी परियार
५ बेनी नगरपालिका वडा नम्बर ९ घतानका १६ वर्षिये बिसन खत्री
६ बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
७ बाग्लुङ ताराखोला गाउपालिका ५ बस्ने बर्ष १७ को बिजय कडेल
८ बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १९ को प्रमिस पौडेल
९ मालिका गाउपालिका ७ बस्ने बर्ष २६ की दिलु शेरपुञ्जा
१० विमकीे बर्ष ०६ की कृष्टिना जुग्जाली
११ विमकी ६१ वर्षिया तन देबी जुग्जाली
१२ विम बस्ने बर्ष ६० वर्षकी चन्द्रकली दर्जी
१३ विमकी ३८ वर्षिया पल देबी जुग्जाली
१४) विम वस्ने शुरेश जुग्जाली
१५ विम वस्ने बर्ष ३१ की लिला जुग्जाली
१६ धवलागिरी गाउपालिका वडा नम्बर ३ दर बस्ने बर्ष १८ की रिल माया बूढा
१७ बेनी नगरापलिका ३ भकिम्ली बस्ने बर्ष ३५ को केशब शर्मा न्युरे
१८ मंगला गाउपालिका ०५ छिसवाङ बस्ने बर्ष २२ की रमिला खत्रि





