बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सचेत बन्ने यो क्षण

सचेत बन्ने यो क्षण


  • Dhorpatan News
  • कार्तिक २४ २०७६, आइतबार

आगामी मंसिर १४ गते हुने तिनै तहको उप–निर्वाचनअन्र्तगत कास्कीमा प्रतिनिधिसभा र बागलुङमा प्रदेशसभा तथा स्थानीय तहको उप–निर्वाचन हुँदैछ । कास्की क्षेत्र नं २ को प्रतिनिधि सभा र बागलुङ क्षेत्र नं २ को प्रदेश सभा (ख) का लागि उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको छ । निर्वाचन आयोगका अनुसार उप–निर्वाचनको लागि आगामी कात्तिक २७ गते मात्रै उम्मेदवारी दर्ता हुने छ । उप–निर्वाचनलाई बिभिन्न कोणबाट हेरिएको छ । कास्कीमा तत्कालिन सांसद, पर्यटन मन्त्री समेत रहेका रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएपछि खाली रहेको क्षेत्रमा निर्वाचन हुँदैछभने बागलुङमा प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको बिरामीका कारण मृत्यु भएपछि उप–निर्वाचन हुन लागेको हो । तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका रबिन्द्र र राष्ट्रिय जनमोर्चाबाट बिजयी बनेका टेकबहादुर दुवैको क्षेत्रमा हुन लागेको उप–निर्वाचन महत्वका साथ हेरिएको छ । यद्यपि बागलुङको बडिगाड गाउँपालिकामा हुने स्थानीय तहको उप–निर्वाचन पनि कम महत्वको भेन छैन ।

कास्कीमा स्वर्गिय सांसद रबिन्द्र पत्निीको उम्मेदवारी र बागलुङमा नेकपा राजमोको गठबन्धन सहितको उम्मेदवारी तथा नेकपामा असन्तुष्टको बागी उम्मेदवारीका कारण उप–निर्वाचन पनि चर्चामा रहेको छ । पार्टीहरुको हार जितको खेल निर्वाचनको परिणम एकातर्फ छ । निर्वाचन गराउँदै गरेको निर्वाचन आयोग र सम्बन्धित जिल्लाका सुरक्षा समिति तथा जिल्ला प्रशासन कार्यालयहरुमा अर्को नजानिदो चुनौती र चर्चा यतिबेला नेपालको राजनीतिक बृत्तमा देखा परेको छ । गत फागुनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा लगायतका दलहरु अहिले चलिरहेको निर्वाचनका कार्यक्रमको बिपक्षमा रहेका छन् । मनोनयन तर्दाको समयमा कास्की जिल्लाको लागि तोकीएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि भएको बम बिस्फोटको घटना उनीहरुले निर्वाचनका समयमा देखाउन सक्ने हर्कतको संकेत हो ।

निर्वाचनका बिपक्षमाा रहेका प्रतिबन्धित र प्रतिष्पर्धी दलहरुका कारण जति माहोल उम्मेदवारहरुको मनोनयनसँगै बनेको छ, उत्तिकै जोखिम मतदानको दिनसम्म हुन सक्छ । नेपाल सरकारले देशका तीनबटै सुरक्षा संयन्त्रको परिचालन गर्ने निर्णय गरेको भएपनि आम सर्वसधारणमा कास्कीमा घटेको घटनाका कारण शंका उत्पन्न भएको छ । मनोनयन दर्तामै देखिएको यो बिद्रोहले मतदानको दिनसम्म कुनै न कुनै खालको दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । एकातर्फ दलहरुको बिचमा रहेको चरम प्रतिष्पर्धा र अर्कोतर्फ असन्तुष्टहरुको बिद्रोहले सिमित स्थानमा हुने उप–निर्वाचन समेत सुरक्षाका दृष्टिले चुनौती पुर्णछ भन्दा अन्यथा नहोला । जिल्ला सुरक्षा समिति बागलुङले गरेको मुल्याकंन अनुसार जिल्लामा हुन लागेको निर्वाचन क्षेत्र नं २ (ख) का सबै मतदान स्थलहरु संबेदनशिलमा सुचिकृत हुनु पनि सुरक्षाको चुनौतीका हिसाबले संवेदनशिल छन् भन्ने हो ।

सत्तामा रहेको दल र सत्तालाई सघाएको दललाई बिरासत जोगाउने र प्रतिपक्षमा रहेको दलले सरकारका क्रियाकलापको बर्खिलाप गरेर आफ्नो पक्षमा मतदान गराउने निर्वाचनको एउटा प्रक्रियामा हुने खेल होला तर निर्वाचनमा समयमा निर्धक्क भएर मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चितता अर्को पक्ष बनेको छ । मनोनयन दर्ताको समयमा कास्कीमा फैलिएको सन्त्रास र जिल्ला सुरक्षा समितिको मुल्यांकन अनुसार बागलुङमा रहेको संबेदनशिलताले वर्तमान सरकार र सुरक्षा संयन्त्रले नजर अन्दाज गर्न मिल्दैन् । सर्वसाधारणलाई आफ्नो मताधिकार प्रयोगका लागि मतदान केन्द्रसम्म निर्धक्क पुग्ने र आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो । घोषणले मात्रै हुँदैन सुरक्षाका दृष्टीले राज्यका सबै सुरक्षा निकाय तत्काल परिचालनको आवश्यकता छ । जसका लागि निर्वाचनमा होमिएका दल र राज्यले आफ्नो दायित्व बोध गरुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->