स्याङ्जा, २९ कात्तिक – गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका विरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेको छ । नगरपालिकाले २० गते गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई कोलोजिङ चार्जका नाममा लिएको ८४ हजार ५ सय रुपैया एक हप्ता फिर्ता गर्न निर्देशन दिएको थियो ।
नगरपालिकाले दिएको निर्देशन चित्त नबुझेकोले उच्च अदालत पोखरामा रिट दायर गरेको भनी सहकारीका तर्फबाट उपाध्यक्ष पूर्णकला वोस्तीले नगरपालिकामा निवेदन दर्ता गराएकोले अदालती प्रकृयामा गएको हुदा नगरपालिकाबाट हुने थप कारबहिको प्रकृया अगाडी नबढेको र अदालतको आदेश अनुसार थप प्रकृया अगाडी बढने नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले जानकारी दिए ।
गतिशिल महिला बहुउद्देश्यीय सहकारीले आफु संग कोलोजिङ चार्जका नाममा ८४ हजार ५ सय रुपैया बढि लिएको भन्दै वालिङ १० की सरिता उपाध्यायले नगरपालिकाको न्यायीक समितिमा निबेदन दिएपछि सहकारीले सेवाग्राही संग बढि रकम लिएको विषय बाहिर आएको थियो । उपाध्यायले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था बाट एक वर्ष पहिले ६० लाख रुपैया ऋण लिएको र ऋण चुकता गर्ने क्रममा सहकारीले कोलोजिङ चार्जका नाममा उपाध्याय संग थप रकम लिएपछि यो विवाद नगरपालिका सम्म पुगेको थियो । सहकारीबाट ऋण लिएकी महिला सरिता उपाध्याय संग सेवाशुक बापतको रु १ लाख २० हजार र कोलोजिङ चार्जको नाममा ८४ हजार ५ सय गरी २ लाख ४ हजार ५ सय सहकारीले लिएको पाइएको छ । यो संगै सहकारीले सेवाग्राही संग ३ं.४ प्रतिशत रकम साँवा, व्याज र जरिवाना बाहेक लिएको पाइएको छ ।
संघिय सहकारी ऐन र नगरपालिकाको सहकारी ऐन भित्रै रहेर कोजिङ चार्ज लगायतका शुल्क लिएको भन्ने दावी मेल नखाएको र वालिङ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ७ को ३९ उपदफा २ मा दर्ता हुदाका बखत जुन मुख्य उद्देश्य राखेर सहकारी दर्ता गरिएको छ । सोही अनुसार मुख्य कारोबार गर्नु पर्नेछ भन्ने सिद्धान्त भएको भए पनि गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले उद्देश्य अनुसारको काम नगरेर मुख्य कारोबारको रुपमा बचत तथा ऋण लगानी गर्ने गरेको देखिन आएकोले ऐन अनुसार सो बहुउद्देश्यीय संस्था भएकोले बचत तथा ऋणको कारोबार गर्न नसक्ने सन्दर्भ पनि यसमा आकर्षित हुन आएको देखिएकोले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई अब देखि बचत तथा ऋणको कारोबार समेत गर्न नपाउने भनी निर्देशन सहितको पत्र नगरपालिकाले पठाएको थियो ।




