म्याग्दी, ११ मंसिर – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले जिल्लाका व्यवसायी एंव नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
छोटो निजि भ्रमणका क्रममा जापान पुगेका श्रेष्ठ र जापान भ्रमणमै रहेका जिल्लाका अर्का समाजसेवी भक्तबहादुर बानियाँलाई टोकियोमा एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरिएको मोना जापानले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै श्रेष्ठले घरदेश र परदेशलाई जोडन मोनाले खेल्दै आएको भुमिका सह्रानिय रहेको बताए । संसाभर छरिएर रहेका म्याग्देलीहरुलाई एकैसुत्रमा आवद्ध गरि आफ्नो माटोका लागि निरन्तर क्रियाशिल बनाउन मोनाले गरेको प्रयासहरु उल्लेख्य रहेको बताए ।
नेता श्रेष्ठ र बानियाँको स्वागतमा आयोजित रात्रिभोजसहितको सो भेटघाट एव सम्मान कार्यक्रममा मोनाको केन्द्रीय समिति र मोना जापानका पधअधिकारी, सल्लाहकार तथा म्याग्देलीहरुको सहभागिता रहेको थियो।





