बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोहलपुर घटना : नारा अनुसारको व्यवहार भुलेको प्रहरी

कोहलपुर घटना : नारा अनुसारको व्यवहार भुलेको प्रहरी


  • Dhorpatan News
  • मंसिर २३ २०७६, सोमबार

आइतबार दिनभर बाँकेको कोहलपुर तनावग्रस्त रह्यो । विद्यालय गएकी १३ वर्षीया प्रकृति शाहीलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावकाबीच गोली नै चल्यो । ट्रक दुर्घटनामा घाइते भएकी विद्यार्थीको पीडा त छँदैछ, प्रहरीको गोलीबाट अन्य विद्यार्थीहरु पनि घाइते हुन पुगे ।
राजमार्गमा रहेको त्रिभुवन विद्यालय अगाडि ट्रकले बालिकालाई ठक्कर मात्रै दिएन, उल्टै ब्याक गरेर मार्न खोजेको प्रत्यक्षदर्शीको भनाई छ । त्यो घटनाले विद्यार्थी र सर्वसाधारणहरु आक्रोशित बने । ट्रकमा आगो लाग्यो । बालिकालाई थप उपचारको लागि राजधानी काठमाण्डौ पठाए पनि स्थिति नियन्त्रणमा आउन सकेन । प्रहरीले घटनापछि विद्यार्थीहरुमाथि आक्रमण गर्दा स्थिति नियन्त्रण बाहिर गयो । भला, घटनामा प्रहरीका डिएसपी पनि घाइते बन्न पुगे । सुरक्षा दिन बसेको प्रहरीबाटै ज्यादती भएको भन्दै नागरिक समाज नै सडकमा ओर्लिएपछि प्रशासनले कफ्र्यू आदेश जारी गर्नुप¥यो । पिताले स्कूल छाडेकी प्रकृति गम्भीर घाइते बन्नु आफैमा दुःखद घटना हो । हाम्रा राजमार्गहरु मात्र हैनन्, अन्य बाटाहरु पनि सुरक्षित छैनन् ।नेपालको यातायात क्षेत्रको यो विकृत पाटोको पनि कुनै दिन चर्चा होला नै ! मुख्य कुरा त कानून हातमा लिएर बसेको प्रशासनले सानो संयम अपनाउन नसक्दा अवस्था कसरी नियन्त्रण बाहिर पुग्छ भन्ने यो घटनाले देखाएको छ । घटनाको पृष्ठभूमि जे भए पनि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले मुस्कानसहितको सेवा भन्ने नारा नै बिस्र्यो । उसको दिमागमा बन्दुकको बल हावी भयो ।

स्कूल गएकी सानी नानी दुर्घटनामा पर्दा आक्रोस उत्पन्न हुनु अस्वभाविक हैन । घाइतेलाई अस्पताल पु¥याउने मानवीय दायित्व बिर्सेर दानव प्रवृत्ति देखाएकै हुन् भने चालक झन ठूलो कसुरको भागिदार बन्नुपर्छ । प्रत्यक्षदर्शीहरु जुन कारणले आक्रोशित भए, त्यो कारण नै नबुझी हातमा बन्दुक र लाठी लिएका प्रहरीले संयमता गुमाउँदा घटना नियन्त्रण बाहिर जान्छ नै । कोहलपुरमा पनि त्यही भयो । आक्रोशित भीडलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिनु पर्नेमा प्रहरीले बन्दुकको दम्भ देखायो । आम नागरिकलाई सुरक्षा दिनकै लागि राज्यले प्रहरीको हातमा बन्दुक र लाठी थपाएको हो । राज्यको नुन खाएको प्रहरीले त्यो बन्दुक र लाठी सही तरिकाले उपयोग गर्नु पर्ने पनि हो । तर, उल्टो भइदियो, परिस्थिति काबुमा लिने बहानामा प्रहरीले नागरिकको मनोभाव बुझ्न खोजेन । हतियार र बर्दीको दम्भको आडमा नै सबै कुरा मिल्छ भन्ने अह्म प्रदर्शन ग¥यो । बाहिरबाट हेर्दा कोहलपुरमा देखिएको यही हो । घटनाको छानबिनपछि सत्यतथ्य बाहिर आउला । तर, भीडको मनोविज्ञान बुझन नसक्नु प्रहरी÷प्रशासनको गल्ती नै हो । मानवीय संवेदनालाई बन्दुकले रोक्न सकिँदैन भन्ने सामान्य ज्ञान मात्रै प्रयोग गरेको भए सायद कोहलपुर यति तनावपूर्ण अवस्थामा पुग्दैनथ्यो होला । कोहलपुर घटना त पछिल्लो उदाहरण मात्रै हो । नेपालमा भएका यस्ता घटनामा पटकपटक प्रहरीले संवेदना गुमाउन पुगेको छ । जसले गर्दा साना घटनामा पनि ठूलो आक्रोस व्यक्त हुने गरेको छ । प्रहरीले यो घटनाबाट पाठ सिक्नुपर्छ । प्रहरीले आफूलाई दिएको हतियार कति बेला प्रयोग गर्ने भन्ने बुझ्नुपर्छ । मानवीय संवेदनाको पाटो मात्रै बुझ्ने हो भने पनि यस्ता घटनाहरु शान्तिपूर्ण तवरले नै निरुपण हुन्छन् भन्ने बह्मज्ञान प्रहरीमा आउनैपर्छ । बन्दुकको बलमा मात्रै कानून पालना गराउँछु भन्नु मुर्खता हो । यो शैली परिवर्तन नगर्ने हो भने प्रहरीप्रतिको नागरिक भरोसा शनैः शनै ः गुम्दै जान्छ । यो अवस्थामा मुस्कानसहितको सेवा र जनताको साथी प्रहरीजस्ता नाराहरु हात्तीको देखाउने दाँत मात्रै सावित हुन पुग्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->