नेपालले आयोजना गरेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) काठमाडौँ र पोखरामा सफलताका साथ सम्पन्न भयो । यसै क्रममा पोखरामा सम्पन्न साग र पोखरा खेलकुद विकासमा सागले के कस्तो प्रभाव पार्छ भन्दै जिल्ला विकास खेलकुद समिति कास्कीका कार्यालय प्रमुख तथा १३ औँ साग आवास व्यवस्थापन समितिका सचिव प्रकाश बरालसँग ढोरपाटन राष्ट्रिय दैनिकका संवाददाता विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश (सम्पादक) ।
पोखरामा १३ औँ साग सफलताका साथ सम्पन्न भयो नि ?
पोखरामा भव्य र सभ्यमात्र होइन ऐतिहासिक रुपमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो भने काठमाडौमा फुटबलमा स्वर्ण जितेर सुखद अन्त्य गरेका छौँ । पोखरामा खेल हुने र नहुने भन्ने घिद्धविधाका हुँदाहुँदै छोटो समयमा प्रतियोगिता सम्पन्न भयो । यो नै खुसीको कुरा हो ।
पोखराले सागबाट नौलो अनुभव के पायो त ?
मलाइ लाग्छ, नितान्त फरक रुपले पोखरामा हुन त धेरै प्रतियोगिता हुने गर्छन् । तीमध्ये हरेकको अगाडी एउटा अन्तर्राष्ट्रिय भन्ने शब्द झुण्ड्याइएको हुन्छ । त्यो आफैमा अन्तर्राष्ट्रिय थिए÷ थिएनन् भन्ने कुरा हामी सबैले मनोनयन गर्ने कुरा रह्यो । तर, मलाइ के अनुभव रह्यो भने एउटा अन्तर्राष्ट्रियस्तरको पक्का प्रतियोगिता पोखरामा १३ आँै साग सम्पन्न भएको छ । जस्को ज्वलन्त उदाहरणको रुपमा महिला फुटबललाइ लिन सकिन्छ । जस्का दर्शकहरु हामी आयोजकहरुले अपेक्षा गरेभन्दा बढी अनपेक्षित रहे । टिकट बेच्न पनि नसक्ने परिस्थिति निर्माण भयो । त्यो हिसाबले पनि प्रतियोगिता साँच्चैकै अन्तर्रास्ट्रिय स्तरको रुपममा रहेको मनन भएको छ । त्यही भीडले जस्ले टिकट पाएननन् । उनीहरुले नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हो भनेको सुनियो । यति ठूलो प्रतियोगिता आयोजना गर्दाको धपेडी पनि हामीले अनुभव ग¥यौँ । खेलाडी र अफिसियलहरुको व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षाको व्यवस्था सबै कोणबाट यो प्रतियोगिता आयोजना गर्नु चुनौतिपूर्ण थियो । हामीले सफल आयोजना गरि हामी पनि गर्न सक्छौँ भन्ने प्रमाणित ग¥यौँ भन्ने लाग्छ । केही कमजोरी पनि भए होलान्, त्यसलाई भने अनुभवको कमीकै रुपमा लिनुपर्छ भन्ने मैले ठानेको छु ।
पासमा अनियमितता भयो रे नि ?
यसमा चाहिँ आधिकारिक रुपमा पासको बारेमा जानकारी छैन । मेरो कुरा गर्दा १३ औँ सागअन्गर्तत सम्पूर्ण सहभागी , खेलाडी , अफिसियल, विशिष्ट अतिथि लगायतको लागि आवास तथा बसोबास व्यवस्था गरेको हुनाले । मेरो कार्य क्षेत्र पनि लेकसाइड भएको हुनाले मेरो क्षेत्रमा त्यसो भएन । यदि मेरो भन्नुहुन्छ भने मेरो दुरुपयोग भएन भन्ने विश्वास छ । म जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख भइरहँदा र यत्रो ऐतिहासिक प्रतियोगिता हुँदा र राम्रो कार्यालय प्रमुख भएर काम गरेको हैसियतले पनि आफ्नै व्यक्तित्व हासिल गरेको छु र मैले जम्मा १० ओटा पास लिएको हुँ । त्यो पनि कस्तो भने लेकसाइडबाट खेलाडीहरुलाइ खानाको प्याकेट लिएर आउन पर्ने होटलहरुलाई र ल्याउने प्रतिनिधिहरुलाइ क्रमागत रुपमा दिएको हो । त्यो भन्दा बढी कस्ले बाँडे थाहा भएन । त्यो अरुले गरेका हुन सक्छन् ।
छोटो समयमा सफलताका साथ साग समपन्न गरियो व्यवस्थापनमा कत्तिको चुनौति भयो ?
व्यवस्थापनमा चुनौति अत्यन्तै थियो । सबैभन्दा ठूलो चुनौती पूर्वाधारको थियो । त्यो हामीले स्वीकार गर्नै पर्छ । अरु चुनौती थिएन । अतिथि सत्कार, सम्मान गर्ने अवस्थामा पोखरेली सधँै अग्रसर नै छन । जुन कुरा अन्यन्त्र त्यति भेटिदैन । जुन मेरो अनुभव र दावी हो । तर पनि खेलको लागि पुर्वाधार नै चाहिन्छ । अन्तिम अवस्थामा पनि कुन चाहिँ पूर्वाधार आहा भन्न लायक छ त ? भन्ने प्रश्न गर्दा पुर्ण रुपमा यही छ भनेर देखाउन सक्ने अवस्था थिएन । मान्छेले आँट ग¥यो भने सबै चिज सम्भव छ । धेरै चुनौतिका बाबजुद पनि चुनौतिलाइ चिर्दै सुखद रुपमा साग सम्पन्न भयो । यो टिमवर्कका कारण सम्भव भएको हो ।
सागलाई पोखराको खेलकुद विकासमा कसरी लिनुभएको छ ?
पोखरा आफैमा चीरपरिचित पर्यटकीय क्षेत्र हो । पोखराको महिमा हामीले गाउन नै पर्दैन । पोखरामा भन्दा पनि काठमाडांैमा धेरै खेल भए तर चर्चा पोखराकै भयो । अगाडि पोखरा नै आयो । यो कुरा मैले होइन, खेलाडी अतिथि तथा काठमाडांैमै रहेका प्रतिनिधिले भनेका हुन् । प्रशंसा गरेको हुनाले यसले अवस्य नै खेल विकासमा योगदान दिन्छ ।बाहिरबाट आएका खेलाडी पोखरा देखेर अचम्मित भएका थिए । हरेकको मन पोखराले जितेको छ यो नै विकासको पाइला हो ।
पोखराले खेल पर्यटनलाई कसरी लिएको छ ?
मैले नबुझेको कुरा खेलकुद र पर्यटन जोडेर धेरै भाषण भए । जहाँ पनि जोडिए तर होइन कि भन्ने जस्तो पनि देखियो । यो पर्यटन मन्त्रालय भयो, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय लगायतले पनि यो प्रतियोगितालाई आफ्नो तर्फबाट सघाउनु पथ्र्यौ तर त्यो भएन । ह यत्रो टुरिजममा ५–७ करोडको ट्रान्ज्याक्सन आवासमा मात्र खर्छ भएको छ । त्यो पैसा पोखराले भित्र्याएको छ तर त्यसको बदलामा हामीले के दिन सक्यौँ ? त्यो खोजको विषय बनेको छ । हामीले नारा एकातिर काम अर्का तिर गरेका छौँ । मन नभएको पनि होइन भिजिट नेपाल महत्त्वपूर्ण हो तर केही गर्न सकेको छैन ।
अब पोखरा रंगशाला पूर्वाधार निर्माण फास्ट ट्रयाकमै जान्छ कि जादैन ?
निर्माण त चिन्ताको विषय बनेको छ । हाम्रोमा धेरै ठूलो पुर्वाधार निर्माण भयो । हामी गौरवान्वित छौँ तथापी निर्माण गर्ने कुरा मात्र सबै कुरा होइनन् । यसलाई संरक्षण सम्बद्र्धन गर्ने कुरा मुख्य हो ।
अहिले पोखरा रंगशाला ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । अझै ६० प्रतिशत बाँकी छ । कामले निरन्तरता पाउँछ । पुसको १गतेबाट नै निर्माणको तहमा जुट्ने छ । निर्धारित समयमा नै सम्पन्न भइ पूर्ण सुन्दरता दिन्छ ।
अन्त्यमा ?
पोखराका खेलप्रेमी, पर्यटन व्यवसायी पोखरमा रहेका संघ संस्था तथा पश्चिमाञ्चल होटल व्यवसायी सघलाई आमन्त्रित पाहुनालाइ अन्तर्राष्ट्रिय स्तरको सुविधा,गुणस्तरीय खाना आबासको व्यवस्थाप्रति संघको तर्फबाट धन्यवाद दिन चाहन्छु ।





