शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

सरकार सुरक्षित आवास निर्माण गर्ने अभियानमा छ : मन्त्री अर्याल

सरकार सुरक्षित आवास निर्माण गर्ने अभियानमा छ : मन्त्री अर्याल


  • हिमलाल पराजुली
  • पुष १९ २०७६, शनिबार

स्याङ्जा, १९ पुस- भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार सुरक्षीत आवास निर्माण गर्ने अभियानमा रहेको बताइन। मन्त्री अर्यालले शनिवार स्याङ्जाको वालिङमा आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षीत आवस कार्यक्रमको सुभारम्भ गर्दै सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताइन । सरकार पछाडी परेका र लोपउनमुख समुदायलाई संरक्षण गर्ने योजनाका साथ अगाडी बढेको बताउदै गरिबीको संख्या घटाउने उद्देश्यका साथ खरका छाना विस्थापित गरेर जस्तापाता लगाउने अभियान सरकारले चलाएको मन्त्री अर्यालको भनाइ छ ।
मन्त्री अर्यालले देशैभरका खरका छाना विस्थापित गररे जनतालाई जस्ता पाता लगाएको सुरक्षीत घरमा राख्ने अभियानमा सरकार लागेको जनाइन । आर्थिक अभावका कारण खरको छानामुनी बस्न बाध्य भएका जनताहरुलाई मध्यनजर गरेर यो अभियान सञ्चालन गरेको बताउनदै यस अभियानले खरका छाना भएकै कारण आगलागिबाट हुने ठुलो जनधनको क्षतीलाई रोकेर जनतालाई सुरक्षीत महसुुुस हुने वातावरणको निर्माण गर्ने मन्त्री अर्यालको भनाई थियो ।
स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र चापाकोट नगरपालिकाका गरी एक सय जना र गल्याङ नगरपालिकामा गल्याङ नगरपालिका र कालिगण्डकी गाउँपालिकाका एक सय घर परिवारलाई प्रति घर परिवार पहिलो किस्ता सोवरुव रु ३० हजारका दरले चेक हस्तान्तरण गरेर अभियानको सुभारम्भ गरिएको हो ।
जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी ५ पालिकाका दुइ सय ५० खरका छाना बिस्थापीत गरेर जस्तापाला लगाइने पनि मन्त्री अर्यालले बताइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->