शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पर्यटननै समृद्धिको मुख्य आधार होः मन्त्री लम्साल

पर्यटननै समृद्धिको मुख्य आधार होः मन्त्री लम्साल

वन्डरफुल वालिङ पर्यटन विकास संस्थाले प्रदेश सरकार र नेपाल सरकारले सुरु गरेको भम्रण वर्षलाई लक्षित गरेर आयोजना गरेको पर्यटन मेला


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७६, सोमबार

वालिङ, २० माघ – गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटननै समृद्धिको मुख्य आधार रहेको बताए। ‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ वण्डरफूल वालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजना गरेको प्रथम वालिङ सांस्कृतिक तथा आन्तरीक पर्यटन रमाईलो मेलाको समापन समारोहमा बोल्दै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटनबाट समृद्धि हासिल गर्नकोलागि अभियाननै चालएर अगाडी बढीरहेको बताए ।
पर्यटनमा गण्डकी प्रदेश अत्यन्तै रमण्ीाय प्रकृति, संस्कृति र भुगोलमा साहशीक खेलका लागि विभिन्न सम्भावनाहरु बोकेको बताउर्दै मन्त्री लम्सालले पर्यटनका विभिन्न प्रकारहरु रहेको र ति सबैलाई देखेर नै देशको समृद्धिको लागी पर्यटनलाई नै मुख्य आधार मानेर अगाडी बढाएको उनको भनाई थियो।
उनले वन्डरफुल वालिङ पर्यटन विकास संस्थाले गण्डकी प्रदेश सरकार र नेपाल सरकारले सुरु गरेको भम्रण वर्षलाई लक्षित गरेर आयोजना गरेको पर्यटन मेलामा राखेका विभिन्न घरेलु सामानहरुले हाम्रो मौलिकतालाई झल्काएको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, नेकपा जिल्ला अध्यक्ष पारस गैह्रै, कागे्रसका वालिङ नगरसचिव भुपराज बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले बोलेका थिए।
‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा वालिङ नगरपालिका तथा आसपासका क्षेत्रमा भएका पर्यटकीय संभावनाहरुको पहिचान, प्रवद्र्धन, सम्वद्र्धन र विकास गर्दै स्थानीय समुदायको नेतृत्वमा वालिङलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने प्रयास गरिएको वन्डरफुल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालले बताए ।
अन्य ब्यापारिक मेला महोत्सव, रमाईलो मेलाहरु भन्दा यो आन्तरीक पर्यटन रमाईलो मेला फरक प्रकृतिको रहेको भन्दै यस्तै कार्यक्रमहरु आगामी दिनहरुमा पनि संस्थाले गर्दै जाने मेला आयोजक समितिका संयोजक आशिषप्रताप खाँणले जानकारी दिए । मेला अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका साथै विभिन्न व्याण्डहरुको कन्र्सट तथा स्थानीय प्रतिभाहरुलाई स्टेज प्रदान गरिएको कलाकार व्यवस्थापन समिति संयोजक मणिप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->