शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जामा ९० फिट गहिरो आश्चर्यजनक भ्वाङ

स्याङ्जामा ९० फिट गहिरो आश्चर्यजनक भ्वाङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७६, बिहिबार

स्याङ्जा,१ फागुन – स्याङ्जाको बिरुवामा ९० फिट गहिरो भ्वाङ छ । भ्वाङलाई स्थानीयले नाम दिएका छन् ‘आश्चर्यजनक भ्वाङ’ ।
जिल्लाको बिरुवा गाउँपालिका ३ मा पर्ने उक्त भ्वाङ पुतलीबजार नगरपालिकादेखि पूर्वी भागमा पर्छ । स्थानीय बालकुमार गुरुङका अनुसार उक्त भ्वाङ कहिले उत्पत्ति भएको भन्ने विषयमा कोही पनि जानकार छैनन । प्राचिनकाल देखि नै स्थानीयले उक्त भ्वाङलाई जान्दै आएका छन् ।
‘कहिले बनेको भनेर यकिन त छैन’, उनले भने, ‘आजभन्दा ५ वर्ष अघि ७० मा एउटा टोली पसेको थियो । दुई÷तीन महिनाअघि म पनि डोरी लगाएर पसे ।’
गाउँलेहरुले भ्वाङ पुर्न प्रयास पनि गरेको उनले सुनाए । उक्त भ्वाङ पुर्न गाउँलेहरुले माटो, सिसीका बोत्तल, अनावश्यक फोहोर पनि फालेका थिए ।‘ठ्याक्कै डम्पिङ साइड जस्तो नै बनाएका थिए’, उनले भने, ‘अनि पछि हामीले पुर्न हुन्न भनेर अहिले संरक्षणको प्रयास पनि गरि रहेका छौँ ।’
डोरी बानेर तल झरि सकेपछि १० देखि १५ मिटर तल पुगेपछि ट्र्याकहरु छन् । त्यसलाई खोतलेर भित्र जान पनि सकिन्छ । बुढापाकाहरुले भ्वाङमा ३ वटा प्वाल छन् । दाँया, बाँया र सिधा । दायाँपट्टिको भ्वाङ माटोले पुरिएको र बाँया तर्फकोमा आफूहरु छिरेको उनले सुनाए । ‘निहुरिएर छिर्दा अलिकति भित्र छिर्न मिल्दो रैछ’, उनले भने, ‘त्यहाँबाट भित्र छिर्दा जमिन फाँटेर अलिकति भित्र गएको छ ।’
भ्वाङभित्र चट्टानको मात्राभन्दा माटोकै बढी रहेको उनले सुनाए । भ्वाङबाट भित्रपट्टि छिर्दैजाँदा माटो मात्रै भेटिने र अक्सिजनको पनि कमी नरहेको उनले बताए ।
स्थानीयले फालेर पुरिएको माटो झिक्दै गएमा अरु बाटोहरु पनि भेटिन सक्ने उनले अनुमान लगाए ।‘अहिले त गाउँलेहरुले फालेको माटोले भ्वाङ धेरै नै पुरिएको छ’, उनले भने । भ्वाङलाई व्यवस्थित गर्दै एड्भेन्चर डेस्टिनेसन गर्न सकिने पनि उनले बताए । भ्वाङ व्यवस्थापनको लागि सरोकारवाला निकायबाट कुनै सहयोग नमिले पनि हङकङमा बसोबास गर्दै आएका नेपाली र मिलिनियम ट्रेक व्यवस्थापन समितिको सहयोगमा तारबार लगाउँने र भ्वाङसम्म पुग्ने सिँढी बनाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->