शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

जनतामा भ्रम नछरौ : मन्त्री अर्याल

जनतामा भ्रम नछरौ : मन्त्री अर्याल


  • हिमलाल पराजुली
  • फाल्गुन १२ २०७६, सोमबार

स्याङ्जा, १२ फागुन – भूमि ब्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री पद्मा अर्यालले जनतामा भरम छरेर निरासा नपार्न आग्रह गरेकी छन । सरकारले जनताको हितमा काम गरेपनि केही नगरे जस्तो अनर्गल प्रचार गरेर निरास पार्नु गलत भएको उनले बताइन । भीरकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो भीरकोट महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सबै राजनैतिक दल मिलेर जनतालाई आशाको सन्देश प्रबहा गर्नुपर्ने बताइन । जनतामा गलत सन्देश फैलाउदा मुलुक दुर्घटनामा पर्न सक्ने भन्दै उत्साहको सन्देश दिनु पर्ने मन्त्री अर्यालको भनाइ थियो ।
मेला महोत्सवले जिल्लाको आर्थिक गतिविधि सगै पर्यटनको विकासमा टेवा पुग्ने मन्त्री अर्यालले बताइन । जिल्लाको विकासका लागि आफुले कुनै कसर बाकी नराख्ने उनको प्रतिबद्धता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->