शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

आँधीखोला बहुप्राविधिक शिक्षालयमा अन्तरक्रिया

आँधीखोला बहुप्राविधिक शिक्षालयमा अन्तरक्रिया


  • हिमलाल पराजुली
  • फाल्गुन १३ २०७६, मंगलबार

स्याङ्जा,१३ फागुन – प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्काे ३२ औ स्थापना दिवसकाे अवसरमा आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङ नगरपालिका १३ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राविधिक शिक्षा र आँधीखोला बहुप्राविधिक शिक्षालयकाे भावी याेजना र कार्यक्रम विषयक अन्तरकृया कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङमा प्राबिधिक शिक्षालय संचालन हुनु आफैमा गाैरवकाे विषय भएकाे बताए । संस्थालाई बचाउनकाे निम्ति पहिलाे सेमेस्टरका वडाकाे सिफारिस बाट आएका ७ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममा शिक्षालय प्रमुख नवीन किशाेर गैह्रेले शिक्षालयकाे विगत बर्तमान र भावि कार्य याेजनाकाे बारेमा डकुमेन्ट्री प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेकाे जिज्ञासाकाे जवाफ दिदै प्रमुख गैह्रेले संस्थाकाे विकासमा सहयोग सहकार्य जरुरी रहकाे बताए । कार्यक्रममा वालिङ नगरपालिका वडा न १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठकले वडाकाे तर्फबाट सक्दाे सहयाेग गर्ने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->