शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

कोरोना भाइरस बारे सचेतना फैलाउदै फेदीखोला गाउँपालिका

कोरोना भाइरस बारे सचेतना फैलाउदै फेदीखोला गाउँपालिका


  • हिमलाल पराजुली
  • फाल्गुन २१ २०७६, बुधबार

स्याङ्जा, २१ फागुन- विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसको देशै भरि चर्चा भइरहेका बेला फेदीखोला गाउँपालिकाले कोरोना भाइरस बारे सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसका बारेमा गाउँपालिकाले विभिन्न जानकारीमुलक कार्यक्रम सञ्चालन गरेर गाउँपालिका बासिलाई सजक गराउने गाउँपालिकका अध्यक्ष घनश्याम सुवेदीले बताए । सुवेदीले भने “हामीले गाउँपालिकामा रहेको जनशक्तिलाई परिचालन गरेर पाँचवटै वडा र विद्यालयमा पुगेर कोरोना भाइरस र यसका लक्ष्यण र यसबाट बच्ने उपायका बोरेमा अभियान नै सञ्चालन गर्ने योजना अनुसार काम सुरु गरि सकेका छौ ।” कोरोना भाइरसका बारेमा सचेतना अभियान सञ्चालनको लागि गाउँपालिका अध्यक्ष सुवेदीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेलले जानकारी दिए ।
अभियानमा गाउँपालिकामा कार्यरत २६ जना स्वास्थ्यकर्मी र ३६ जना स्वयम सेविकालाई परिचालन गर्ने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->