पोखरा, २१ फागुन – १८ औँ संस्करणको आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विग्रेड ब्वाइज क्लब आज भिड्ने भएका छन् । आजबाट शुरु हुने प्रतियोगितामा आयोजक, ए डिभिजन क्लबहरु र विदेशी क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक सहारा, झापा ११, रुसलान थ्री स्टार, नेपाल आयल निगम मनाङ म¥याङ्दी, बिग्रेड ब्वाइज, संकटा तथा विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस र भारतको गान्टोक सिटी फुटबल क्लबको सहभागिता रहेको छ । ए डिभिजन लिग विजेता मछिन्द्र क्लब भने सहभागी भएको छैन ।
एन्फाले प्रतियोगिता मिति तय गरेअनुसार नै १० टिमको सहभागिता भएको हो । यस्तै प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया पाउने छभने उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छ । निमार्णधीन रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगिताको दर्शक सिट क्षमता भने १३ हजार ५ सय मात्र हुनेछ । यस्तै, सरकारले भिडभाड, मेला महोत्सव, लगायत धेरै मानिस नबस्न अग्रह गरिरहँदा प्रतियोगिता आयोजना हुने भएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि गण्डकी प्रदेशले मानिस भीडभाड र २० जनाभन्दा बढि नहिड्न आग्रह गरेको छ । तर, सहारा क्लबको लागि यो चुनौतिको विषय हो । प्रशासनले कोरोनाबाट जोगिनको लागि सचेतना फैलाउँदै गरिरहँदा क्लबले भने प्रतियोगिताको रोकेको छैन ।





