शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

जनताको सम्पत्तिको शुरक्षा सरकारले गर्छ : मन्त्री अर्याल

जनताको सम्पत्तिको शुरक्षा सरकारले गर्छ : मन्त्री अर्याल


  • हिमलाल पराजुली
  • फाल्गुन २३ २०७६, शुक्रबार

स्याङ्जा, २३ फागुन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले जनताको सम्पत्तिको शुरक्षा सरकारले गर्ने बताएकी छन् । स्याङ्जाको वालिङमा शुक्रवार नवर्निमित नापि कार्यालयको भवनको उद्घाटन एवं विशेष नापि कार्यालयको स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
मन्त्री अर्यालले आधुनिक प्रविधिबाट नाप नक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गर्दै जिल्लामा भएका जग्गा सम्बन्धि समस्याको अब समाधान हुने बताउदै नामनक्साङ्क कार्यमा सबैले सहयोग गर्नु पर्ने बताइन् ।
जिल्लामा नापनक्साका समस्या रहेको र यो विशेष नापीले हिजोको नापनक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउनु मन्त्री अर्यालको विश्वास रहेको थियो । मन्त्री अर्यालले भनिन् ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं । अब डिजिटल प्रविधिको प्रयोग गरेर सबै जनताका जग्गाको सरकारले सुरक्षा गर्छ ।
उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा सरकार रहेको बताउदै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने बताइन । अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने मन्त्री अर्यालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->