स्याङ्जा,२९ फागुन – प्रहरीले लागू औषध सहित स्याङ्जाबाट एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो बुटवलबाट पोखराको लागि छुटेको बसमा सबार पुतलीबजार १ का १९ वर्षका सन्देश बिकलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट फिनारागन २० एम्पुल ,नोफिम २० एम्पुल ,डाइजोपाम २० एम्पुल ,बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा ले जनाएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान र आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।




