शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

आगलागि हुदा दुई घर र चार गोठ जलेर नष्ठ

आगलागि हुदा दुई घर र चार गोठ जलेर नष्ठ


  • हिमलाल पराजुली
  • फाल्गुन २९ २०७६, बिहिबार

स्याङ्जा, २९ फागुन : कालिगण्डकी गाउँपालिका ५ बाँसटारीमा बिहीबार दिउसो आगोलागि हुदा दुई घर र चार गोठ जलेर नष्ठ भएको छ भने आगलागिमा परेर दुई भैसी मरेका छन् । दिउसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा ठुलो क्षती हुन पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । नेत्रप्रसाद न्यौपानेको गोठ र १ कटेरो जलेर नष्ठ भएको छ भने सोही आगोलागिमा परेर २ ओटा भैसी मरेका छन् । अन्दाजी ४ लाख ८३ हजार बराको क्षती भएको प्रहरीले जनाएको छ । यसैगरी तोलाकान्त न्यौपानेको १ गोठ जलेको छ भने २ भैसी घाइते भएका छन् । अन्दाजी ३ लाख ५० हजार बराबरको क्षती भएको प्रहरीको भनाई रहेको छ । सोही गाउँका सन्तोष पाण्डेको २ ओटा कच्चि घर र १ कटेरो जलेको छ भने ९ लाख ६५ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ । ताराप्रसाद न्यौपानेको १ गोठ र १ कटेरो जलेर पुर्ण रुपमा नष्ट भएको छ भने ४ लाख १५ हजार बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रामप्रसाद न्यौपानेको घर आंशिक रुपमा जलेको र अन्दाजी १ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । दिउसो िआगोलागि भएको खबर पाए संगै पुगेको प्रहरी स्थानीय बासिन्दा कालिगण्डकी ए जलविद्युत आयोजनाको पावरहाउस बेलटारिमा रहेको नेपाली सेनाको टोली र दमकलको सहायताले साँझ पख आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।आगोलागि हुदा अन्दाजी २३ लाख १३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->