शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

भीरकोटलाई बालमैत्री नगर घोषणा गरिने

भीरकोटलाई बालमैत्री नगर घोषणा गरिने


  • हिमलाल पराजुली
  • चैत्र २ २०७६, आइतबार

स्याङ्जा, २ चैत, भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । बालमैत्री नगर घोषणाका लागि आवश्यक सबै सुचकहरु सवै सुचकहरु पुरा गरेको जनाउदै चैत मसान्त भित्रमा नगरपालिकालाई बालमैत्री नगरका रुपमा घोषणा गर्ने नगरपालिकाले जनाएको छ । ‘बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी’ भन्ने नारा तय गर्दै नगरपालिकाले नगरलाई बालमैत्रत्री नगर घोषणा गर्न लागेको हो ।
भीरकोट नगरपालिकाका नगरप्रमुख छाँयाराम खनालले बालबालिकाको लागि जति खर्च गरे पनि त्यो खर्च नभई लगानी गरेको र त्यसले एक दिन राम्रो प्रतिफल दिने बताए । बालमैत्री कार्यक्रमले बालबालिकामा मात्रै नभएर सिंगो समाजमा नै परिवर्त ल्याएको बताउदै नगरप्रमुख खनालले बालबालिकालाई सचेत गराउन सके समाजमा हुने बिकृती र विसंगतीका घटनामा कमि आउने बताए । बालबालिका प्रति कही कसैले अन्याय अत्याचार लगायतका काम गरेमा तत्काल प्रशासन कार्यालयका साथै नगरपालिकामा खबर गर्न नगरप्रमुख खनालले आग्रह गरे ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमप्रसाद आर्चायले बालमैत्री नगरको लागि आवश्यक प्रकृया पुरा गरेर बालमैत्री नगर घोषणा गर्ने तयारिमा लागेको जानकारि दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->