मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

कोरोना संक्रमणबाट बच्न राम्दीमा हेल्थ डेक्स स्थापना

कोरोना संक्रमणबाट बच्न राम्दीमा हेल्थ डेक्स स्थापना


  • हिमलाल पराजुली
  • चैत्र ३ २०७६, सोमबार

स्याङ्जा, ३ चैत- गल्याङ नगरपालिका १ स्थीत राम्दीमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारि दिने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्सको गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले आइतवार शुभारम्भ गरे ।
गण्डकी प्रदेश र ५ नम्बर प्रदेशको सिमानामा पर्ने राम्दीमा भारत सहि ५ नम्बर प्रदेशबाट भित्रिने यात्रुहरुको स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको हो । हेल्थ डेक्सको उद्घाटन गर्दै नगरप्रमुख भुपराज अधिकारीले विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट बचनको लागि सबैले साबधानी अपनाउनु पर्ने बताउदै अन्यत्रबाट आएका यात्रुका कारण संक्रमण फैलिन नपाओस भन्ने उद्देश्यले सिमानामा हेल्थ डेक्सको स्थापना गरिएको बताए ।
नगरप्रमुख अधिकारीले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको बताउदै धेरै आत्तिनु भन्दा पनि सचेत रहनु पर्नेमा जोड दिए ।
नगरप्रमुख अधिकारीले ठूला सम्मेलन, भेला जस्ता धेरै मानिसहरु जम्मा हुने कार्यक्रमहरु नगरपालिकाबाट रोकिएको बताउदै विवाह भोज जस्ता अन्य कार्यक्रमहरुमा पनि ठूला र धेरै व्यक्तिहरु जम्मा हुने खालका कार्यक्रमहरु नगर्न नगरबासीहरुलाई आग्रह गरे ।
गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण पछि शंकास्पद देखिएमा पोखरामा रहेको आइसोलेसनमा पठाउने जानकारी दिए ।
उनले हेल्थ डेस्कमा खास गरी शंकास्पद व्यक्तिहरु र विदेशबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->