स्याङ्जा,४ चैत – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा्कुमारी अर्यालले फेदिखोला गाउँपालिकामा असिनापानीले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री अर्याल सोमबार किसानको खेतबारीमै पुगेर शनिबार राती हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पु¥याएको क्षतीको निरिक्षण गरेकी हुन् । असिनापानीले ठूलो क्षति पु¥याएको ४ नम्बर वडाको आरुखर्क र २ को कुडँुले क्षेत्रको निरीक्षणपछि मन्त्री अर्यालले राज्यले पीडितलाई सहयोग गर्ने आश्वासन दिइन् ।




