शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

राम्दीको एकीकृत विकासका लागि काम सुरु

राम्दीको एकीकृत विकासका लागि काम सुरु


  • हिमलाल पराजुली
  • चैत्र ५ २०७६, बुधबार

स्याङ्जा, ५ चैत- गल्याङ नगरपालिका १ राम्दीमा रहेको धार्मिक एवं एतिहासिक स्थल रामनदी धामको एकीकृत विकासका लागि काम सुरु गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले मंगलबार पहिलो चरणको घेराबार निर्माणको सिलान्यास गरेर काम सुभाराम्भ गरेका हुन ।
कालीगण्डकी कोरिडोरको निरिक्षणका लागि आएका कँडेलले रामनदी धामको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्वता जनाउदै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्ने विकासका कामका बारेमा संविधानमा नै उल्लेख गरिएको भन्दै आवश्यक समन्वय गर्ने बताए ।
एक फरक प्रसंगमा उपाध्यक्ष डाक्टर कँडेलले कालिगण्डकी तिनाउ डाइर्भसन जनताको सहमतिमै अगाडी बढने बताएका छन् ।कालीगण्डकी डाइभर्सनको विषयमा कालीगण्डकी नदिका तल्लो तटिय क्षेत्रका स्थानीयबासिन्दाले बिरोध जनाउदै आएका छन् । कालीगण्डकी डाइभर्सनले राम्दी देखि तल्लो भगमा रहेका धार्मिक क्षेत्रका साथै वातावरणमा नकरात्मक प्रभाव पर्ने भन्दै विरोध हुदै आएको छ । धार्मिक क्षेत्रको अस्तित्व मेटने गरि सरकारले काम नगर्ने उपाध्यक्ष कँडेलको भनाइ थियो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले सिद्धार्थ राजमार्गको मुक्तिनाथ आउने भारतिय धार्मीक पर्यटकको संख्यामा बृद्धि हुने बताए । गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले नगर भित्र रहेका मठमन्दिर एवं धार्मीक एतिहासिक क्षेत्रको संरक्षण र प्रवद्धन गरेर धार्मिक पर्यटनका माध्मबाट नगरको विकास गर्ने योजना अनुसार काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->