स्याङ्जा, ६ चैत– आजबाट सुरु हुने भनिएको एसइई परीक्षको तयारिका लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत सेवाको व्यवस्था गरेर घरघरमा पु¥याएको छ । गाउँपालिकाले बिहिबार बिहान सार्वजनिक यातायात भाडामा लिएर विद्यार्थीलाई घर घरमा पु¥याएको हो ।सरकारले आजदेखि सुरु हुने भनिएको एसइईको परीक्षा विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारण हिजो मात्रै अर्को सुचना नभएसम्मका लागि स्थगित गरेको थियो । परीक्षा स्थगित गरेपछि परीक्षा दिनको लागि परीक्षा केन्द्र आसपास आएर बसेका विद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क बस सेवा उपलब्ध गराएको हो । उनीहरुलाई घरघरमा प¥याउने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारि दिए ।
प्रतिकुल अवस्थालाई ध्यान दिदै फेदीखोला बजार र खड्केटारी बजारमा परीक्षा तयारिका लागि बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम सितला माविका विद्यार्थीहरुलाई आज विहान देखि घर फर्कनको लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।




