स्याङ्जा, ७ चैत – बिरुवा गाउँपालिका ७ गहतेमा घरमा चटयाङ् पर्दा आगलागी भएकोछ । बिहिबार राती देवीमाया गुरुङ खरको कच्चि घरमा चटयाङ् पर्दा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागी हुदा नगद, गरगहन, लत्त कपडा र अन्नबाली समेत जलेर अन्दाजी रु १० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवकता एवं प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारि दिए ।
केही दिन देखि जिल्लामा परेको असिनापानी र चटयाङ्ले क्षती पुर्याएको छ । घरमा कोही नभएको समयमा चटयाङ्क परेकोले मानविय क्षती हुनबाट जोगिएको स्थानीय बासिन्दाले बताएका छन् ।




