शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

फेदीखोलाले बनायो स्यानिटाइजर

फेदीखोलाले बनायो स्यानिटाइजर


  • हिमलाल पराजुली
  • चैत्र ११ २०७६, मंगलबार

स्याङ्जा, ११ चैत – बजारमा स्यानिटाइजरको अभाव देखिएपछि फेदीखोला गाउँपालिकाले आवश्यक पर्ने स्यानिटाइजर गाउँपालिका आफैले निर्माण गरेको छ । गाउँपालिकाको सहयोगमा पोखरा महानगरपालिकामा शाखा अधिकृतको रुपमा कार्यरत फेदीखोला गाउँपालिका २ स्थायी घर भएकी सविना गौतमले गाउँपालिकाको लागि आवश्यक स्यानिटाइजर बनाएकी हुन् । जुलोजीकी विद्यार्थी समेत रहेकी गौतमले विश्व स्वमस्थ्य संगठनको मापदण्ड अनुसार नै आफुले स्यानिटाइजर निर्माण गरेको दाबी गरिन् ।
आफुले अध्ययन गर्ने क्रममा पहिला पनि प्राक्टिकलको लागि आवश्क स्यानिटाइजर निर्माण गर्ने गरेको हुँदा अहिले पनि गाउँपालिकाले आवश्क सामाग्री उपलब्ध गराएको र सोही सामग्री प्रयोग गरेर निर्माण गरेको गौतमले बताइन् । कोरोना भाइसका कारण बजारमा स्यानिटाइजर अभाव भएपछि गाउँपालिकाले आफुलाई निर्माण गरिदिन भनेकोले हालको लागि ४० लिटर बनाएको बताउँदै गौतमले भनिन्– ‘संकटको बेलामा गाउँपालिका अध्यक्षले स्यानिटाइजर निर्माण गरिदिन भन्नुभयो त्यसैले आफुले जानेको सिपको प्रयोग गरेर सहयोग गरेकी हुँ ।’
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजारमा स्यानिटाइजरको अभाव देखिएपछि आवश्यक सामग्री गाउँपालिकाले नै खरिद गरेर स्थानीय बासिन्दा समेत रहेकी सविना गौतमको सहयोगमा स्यानिटाइजर निर्माण गरेको बताए । निर्माण गरिएको सो स्यानिटाइजर गाउँपालिका कार्यालयका साथै वडा कार्यालय र स्वास्थ्य चौकीहरुमा पठाउने अध्यक्ष सुवेदीले बताए । आवश्यकता अनुसार गाउँपालिकामै निर्माण गरिने बताउँदै अध्यक्ष सुवेदीले भने– ‘सर्वसाधारण जनताले माग गरेको अवस्थापा उपलब्ध गराउँछौ ।’
हाइट्रोजन प्याक्साइड, गिलिसिरियल र डिस्टिल वाटरको प्रयोग गरेर स्यानिटाइजरको निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । स्यानिटाइजर निर्माणको लागि करिब ३० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->