स्याङ्जा, १२ चैत – स्याङ्जाको वालिङ नगरपालिका–१, रामबाच्छाका समाजसेवी कृष्ण खाँणले कोरोना संक्रमणको रोकथामका लागि प्रयोग गर्नेगरि आफूले प्रयोग गर्दै आएको दुईवटा निजी सवारी साधन दिने घोषणा गरेका छन् । उनले बा १७ प ८११६ नम्बरको स्कारपियो र लु ५६ प ३१२१ नम्बरको मोटरसाइकल नि ःशुल्क रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणको रोकथामको लागि साधन कमी नहोस् भनेर आफूसँग भएका दुईवटा सवारी साधन जिल्ला प्रशासन अथवा वडा प्रहरी कार्यालय वालिङमा जहाँ आवश्यक्ता पर्छ त्यही राखेर प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई भनेको उनले बताए । ‘देश संकटमा परेको बेला आफूसाँ भएको साधन सहयोग गरेको हँु’, उनले भने,‘ संक्रमणलाई फैलिन नदिएर अहिलेको संकटबाट देश र जनतालाई जोगाउनु नै अहिलेको मुख्य काम हो ।’ उनी नेकपाका नेता पनि हुन् ।
यसैगरि गह्रौ अस्पताल वालिङमा कार्यरत सिनियर अहेव देवेन्द्र भट्टराईले पनि आफ्नो एकमहिना बराबरको तलब कोरोना भाइरस संक्रमणको लागि सहयोग गर्ने घोषणा गरेका छन् ।भट्टराईले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो एक महिनाको तलब बराबरको रकम कोरोना जोखिम सामना कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।




