बागलुङ,१४ चैत– कोरोना भाईरस (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न बागलुङ नगरपालिकाले बजारका मुख्य चोकहरुमा किटनाशक औषधि छर्किन सुरु गरेको छ । सोडिम कोलोराईड मिसाईएको औषधि बजारक्षेत्रका मुख्य चोकहरुमा छर्किन थालिएको हो । किटनाशक औषधिले सम्भावित भाईरसको जोखिम कम गर्ने भएकाले शुक्रबारदेखि बजारक्षेत्रमा यो काम थालिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । किटनाशक औषधि छर्किने कामको नगर उप–प्रमुख सुरेन्द्र खड्काले ट्राफिकचोकबाट सुरुवात गरेका थिए । मौसम सफा भएमा शनिबार र आईतबार समेत बजारक्षेत्रमा औषधि छर्किने कार्यक्रम रहेको खड्काले बताए । नगरपालिकाले कोरोनाको नियन्त्रणमा सक्रियता देखाईरहेको छ ।
के हो औषधि, के काम गर्छ ?
हेर्नुहोस तस्विरमा….










