शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

फेदीखोला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहान भत्ता दिने

फेदीखोला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहान भत्ता दिने


  • हिमलाल पराजुली
  • चैत्र १५ २०७६, शनिबार

स्याङ्जा, १५ चैत – फेदीखोला गाउँपालिकाले स्वास्थ्य कर्मीलाई प्रोत्साहान भत्ता दिने भएको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि खटिने स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई प्रोत्साहान भत्ता दिने भएको हो । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जोखिम मोलेर कोरोना भाइरस संक्रमणको लागि काममा खटिएका कर्मचारीहरुलाई मनोबल बढाउनको लागि प्रोत्साहान स्वरुप भत्ता दिने निर्णय भएको बताए ।
स्वास्थ्य चौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेक्समा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई शत प्रतिशत भत्ता दिने निर्यण भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->