मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

नेकपाको पहलमा गह्रौलाई पिपिईसहित अन्य सामाग्री

नेकपाको पहलमा गह्रौलाई पिपिईसहित अन्य सामाग्री


  • हिमलाल पराजुली
  • चैत्र १६ २०७६, आइतबार

स्याङ्जा, १६ चैत – नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को पहलमा गह्रौ अस्पताल वालिङलाई पिपिई ड्रेससहित गन थर्मोमिटर र माक्स हस्तान्तरण गरिएको छ । विश्वरभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जनताको उपचारमा चौबिसै घण्टा काममा खटिने स्वास्थ्यकर्मी नै सुरक्षित नभए उपचार प्रभावकारी हुन नसक्ने भएकोले पार्टिको पहलमा अस्पतालको लागि पिपिई २५ सेट, एक थान गन थर्मोमिटर र सात सय माक्स हस्तान्तरण गरेको नेकपा वालिङ नगरकमिकिाट अध्यक्ष राजेन्द्र डुम्रेले बताए । कोरोनाको संक्रमण बढ्दै गएपछि त्रसित बनेका स्वास्थ्यकर्मीलाई सहयोगले केही राहत हुने देखिन्छ । स्वास्थ्यकर्मी र सुरक्षा निकायको लागि अति आवश्यक देखिएपनि यसको व्यवस्थापन हुन नसक्दा उनीहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->