शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

३ सय ९८ जना क्वारेन्टाइनमा, १ जना घर फिर्ता

३ सय ९८ जना क्वारेन्टाइनमा, १ जना घर फिर्ता


  • हिमलाल पराजुली
  • चैत्र १६ २०७६, आइतबार

स्याङ्जा, १६ चैत – कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा ३ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका १ जना भने घर फिर्ता भएको प्रशासनले जनाएको छ । जिल्लाका ११ वटै पालिकामा निर्माण गरिएका होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३ सय ९८ पुगेको हो । जसमध्ये २७ जना स्थानीय तहले बनाएका क्वारेन्टाइनमा रहेका छन्भने १ जना सेल्फ क्वारेन्टाइनम छन् । होम क्वारेन्टाइनमा ३ सय ७० जना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र बिदेशबाट आउनेहरुको गाउँगाउँमा पुगेर खोज्ने कार्य भइरहेको उपरीक्षक भण्डारीले बताए । लकडाउनको अवज्ञा गरेर सवारी साधन चलाउने ३ कार र ३ मोटोरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको जानकारी दिदै भण्डारीले लकडाउनको पुर्ण पालना गरेर सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->