स्याङ्जा, १८ चैत – च्याम्बर अफ कमर्श स्याङ्जाले राहात सामाग्री हस्तानतरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न र यसको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि मुलुक यतीबेला ठप्प छ । दैनिक ज्याला मज्दुरी गरेर बिहान बेलुकाको छाक टार्नेहरुलाई समस्या थपिदै गएको छ । सरकार आफैले पनि राहात वितरण गर्ने घोषणा गरिसकेको अवस्थामा निजि क्षेत्रका साथै संघसस्थाहरु पनि आआफ्नो तर्फबाट स्थानीय सरकारमार्फत राहात वितरणमा सहयोग गरिरहेका छन् ।
पुतलीबजार नगपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई राहात स्वरुप चामल, दाल, आलु, तेल, मैदा लगायतका खाद्य सामाग्री उपलब्ध गराएको च्याम्बर अफ कमर्श स्याङ्जाका बरिष्ठ उपाध्यक्ष श्री गुरुङले जानकारी दिए ।
नगरप्रमुख सिमाकुमारी क्षेत्रीले राहातको आवश्यक पर्ने दैनिक ज्याला मज्दुरी गरेर खानेहरुको पहिचान गरेर नगरपालिकामा उपलब्ध भएको राहात सामाग्रीको बितरण गरिने बताइन । त्यसैगरि
च्याम्बर अफ कमर्शले प्रमुख जिल्ला अधिकारी राम्बहादु कुरुम्वाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाका ११ वटै स्थानीय तह स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जिल्लामा कार्यरत पत्रकारकालागि ३ हजार थान मास्क हस्तान्तरण गरिएको च्याम्बर अफ कमर्श स्याङ्जाले जनाएको छ ।




