स्याङ्जा, २१ चैत – नेपाल सरकारले स्थापना गरेको कोरोना राहात कोषमा जम्मा गर्ने गरि वालिङ नगरपालिका ६ का समाजसेवी नित्यानन्द तिवारीले रु एक लाख रुपैयाको चेक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन । समाजसेवी तिवारीले विश्वभर महामारीका रुपमा फैलीएको कोरोनाको संक्रमण रोकथाम र सरकारले स्थापना गरेको राहात कोषमा आफ्नो तर्फबाट सक्दो सहसयोग गरेको बताउदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले समाजसेवी तिवारीले एक लाख रुपैयाको चेक सरकारले स्थापना गरेको राहात कोषमा जम्मा गर्ने गरी जिल्ला प्रशासनमा आएर चेक हस्तान्तरण गरेको जानकारी दिए ।
यसै गरी तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले गल्याङ नगरपालिकाले स्थापना गरेको विपद तथा राहात कोषमा रु १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले गल्याङ नगरपालिका नगरप्रमुख भुपराज अधिकारी लाई रु १ लाख ११ हजार १ सय ११ रुपैयााको चेक हस्तान्तरण गरेका हुन । सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले देश कोरोनाको संकटमा परेको बेला सहकारीका तर्फबाट सहयोग गरेको बताए ।




