शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेदीखोलाको क्वारेन्टाइनमा रहेका ९ जना घर फिर्ता

फेदीखोलाको क्वारेन्टाइनमा रहेका ९ जना घर फिर्ता


  • हिमलाल पराजुली
  • चैत्र २१ २०७६, शुक्रबार

स्याङ्जा,२१ चैत – फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका ९ जनालाई घर पठाएको छ । बिदेशबाट आएका ३ जना युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परिक्षणमा रिर्पोट नेगेटिभ देखिएको र बिदेशबाट आएको १४ दिन पुरा भएकोले बिहिबार घर पठाइको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
क्वारेन्टाइनमा बसेर विषम परिस्थतीमा सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै उनीहरुलाई रु १ हजारको दरले प्रोत्साहन रकम पनि व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->