स्याङ्जा,२१ चैत – कोरोनाको महामारीले त्रसित बनाइरहेका बेला जिल्लामा आगलागिका घटनाले थप त्रसित बनाएको छ । स्थानीयतहको सकृयताले दमकलको प्रयोगका साथै सर्वसाधारण र सुरक्षा कर्मीको सहायताले आगो नियन्त्रमा लिएर ठुलोजनधनको क्षयती हुनबाट जोगिए पनि घटना बढ्दै जादा कोरोनाको कहर संगै जुद्धै गरेका स्थानीय तहर सुरक्षा कर्मीहरुलाई बेला बखत थप समस्या हुने गरेको छ । पुतलीबजार नगरपालिका १० स्थित अर्याल पशुपालन फमको टौवामा बिहिबार अचानक आगलागी भएको छ ।
आगोलागीको खबर पाए लगतै नगरपालिकाको दमकल सहित पुगेका जनप्रतिनिधि सुरक्षा कर्मी र स्थानीयको प्रयासले आगो नियन्त्रमा लिएको रेडक्रसको सकृयताले करोडौको क्षतीहुनबाट बचाएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताइन । केही समय पहिले वडा नम्बर ३ र ७ को जंगलमा लागेको आगो नेपाली सेना र स्थानीय जनताको सकृयतामा नियन्त्रणमा लिएको बताउदै दुःखमा साथ दिनेहरु प्रति नगरप्रमुख क्षेत्रीले धन्यवाद समेत दिएकी छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका ५ स्थित बाँटारीमा केही दिन पहिला भएको आगलागीमा लाखौंको क्षती भएको थियो गाउँपालिकाको सकृयतामा तत्कालै आगो नियन्त्रमा लिएर थप क्षती हुनबाट बचाइएको थियो । यो सुख्खा मौसम्मा आगलागीका घटना बढिहुन सक्ने भएकोले सबै सचेत हुनु आवश्यक देखिन्छ ।




