शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चार जनाको स्वाब परीक्षणका लागि पठाईयो

चार जनाको स्वाब परीक्षणका लागि पठाईयो


  • ढोरपाटन संबाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

स्याङ्जा, २१ चैत – वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाब नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एक हप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाईएको नगर प्रमुख खाँणले जानकारी दिए ।वालिङका पुरुष विदेशबाट संक्रमित ब्यक्ति सवार जहाजमा आएका बताईएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम क्वारेन्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ ।कोभिड १९ को संक्रमणबाट आँफू पनि बच्न र अरुलाई पनि बचाउन लकडाउनको पूर्ण पालना गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले आग्रह गरेका छन् ।
अहिले महिलाको श्रीमान र बुवा दुबैमा ज्वरो आउने तथा अन्य लक्षणहरु नदेखिएकोले अवस्था सामान्य रहेको छ । चापाकोटका तीनै जनालाई वालिङ नगरपालिकाले स्थापना गरेको आईसोलेशन सेन्टरमा राखी उपचार भईरहेको वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->