मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

फेदीखोला र पुतलीबजारले लकडाउनको अवधिभर मृगौला पीडितलाई निशुल्क सेवा

फेदीखोला र पुतलीबजारले लकडाउनको अवधिभर मृगौला पीडितलाई निशुल्क सेवा


  • हिमलाल पराजुली
  • चैत्र २२ २०७६, शनिबार

स्याङ्जा, २२ चैत – जिल्लाका दुई पालिका फेदीखोला र पुतलीबजारले मृगौला पिडित डाइलासिस गर्नु पर्ने बिरामीको लागि निशुल्क अस्पताल लैजाने ल्याउने ब्यवस्था मिलाएको जनाएका छन् । मुटुरोगका साथै डाइलासिस गर्नु पर्ने बिरामीको लागि लकडाउन कारण यातायात सञ्चालन नहुदा उपचारमा जान समस्या हुने भएकोले पोखरा सम्म लाने र ल्याउने ब्यवस्था मिलाएको तीपालिकाले जनाएका छन् । पुतलिबजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले लकडाउनका कारण बेलाबेलामा डाइलासिस गर्नु पर्ने बिरामीहरुलाई समस्या नहोस भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको ब्यवस्था गरेको बताइन । यसैगरी फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिका भित्र रहेका दिर्घरोगी एवं नियमीत औषधि सेवन गर्नु पर्ने खालका बिरामीहरुको लागि गाउँपालिका आफैले आषधि वितरण गरेको बताउदै डाइलासिस गर्नु पर्ने बिरामीको लागि पनि विशेष सवारी साधनको ब्यवस्था गरिएको र अस्पताल लाने ल्याउने सबै ब्यवस्था गाउँपालिकाले मिलाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->