शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रौतहटका युवामा कोरोना संक्रमण

रौतहटका युवामा कोरोना संक्रमण


  • Dhorpatan News
  • बैशाख १ २०७७, सोमबार

काठमाडौं, १ बैशाख– रौतहटका १९ वर्षिय युवामा कोरोना भाइरस संक्रमण भेटिएको छ । क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । विदेशबाट आएका ती युवालाई क्‍वारेन्टाइनमा राखिएको थियो । कोरोना आशंकमा जाँच गर्दा ती युवकको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पाइएपछि उनलाई अहिले क्‍वारेन्टाइनबाट उपचारका लागि अस्पताल लगिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । नेपालमा हालसम्म भेटिएका १४ संक्रमितमध्ये कैलालीको सेती अञ्चल अस्पतालमा ५, वीरगञ्जको नारायणी अस्पतालमा ३, बागलुङको अस्पतालमा २ र काठमाडौंको अस्पतालमा २ जना रहेका छन् । नयाँ एकजना रौतहटमा भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->